तेज कुमार खवासको आवाजमा सजिएका नयाँ गीत ‘गोरी गोरी’ सार्वजनिक

- May 29, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ,लामो समयदेखि गीत संगीतमा सक्रिय हुदैँ आएका साथै आफु  प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुदै आएका कलाकार तेज कुमार खवासको आवाजमा सजिएका नयाँ गीत ‘गोरी गोरी’ को भिडियो बजारमा आएको छ  ।

‘चुलबुले कान्छी नक्कली मोरी’ गीतबाट सर्वाधिक चर्चा कमाएका तेजलेपछिल्लो समय उनले आफ्नो नयाँ सृजना सो गीतलाई बजारमा ल्याएको बताए ।

तेज कुमार खवासको शब्द तथा संगीत गीतमा रहेको छ  । आफनी मायालुको यादले निकै सताएको कुरालाई गीतमा ब्यक्त गरिउको छ ।

आफनी मायालुको नजर र रुपमा निकै कायल भएको कुरा उनले गीतमा ब्यक्त्त गरेका छन । पुष्कर सुनुवारको गीतमा एरेन्ज रहेको छ ।

दिपक गिरी र पदम बोहराको छायाँकन , अमृत चापाँगाईँको सम्पादन तथा पि के इन्टरटेन्मेन्टको निर्देशन भिडियोमा रहको छ । ‘गोरी गोरी’ गीतको भिडियोमा पुष्कर दाहाल र नम्रता लिम्बुको फिचरिङ रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!