उपराष्ट्रपतिबाट भियनामा नेपाली कला प्रदर्शनीको अवलोकन

- May 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

भियना, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भियनामा जारी नेपाली कला प्रदर्शनीको अवलोकन गर्नु भएको छ ।

उहाँले होफवर्ग प्यालेस भित्र रहेको वेल्ट संग्राहलयमा जारी नेपाली कला प्रदर्शनीको सोमबार अपरान्ह अवलोकन गर्नु भएको हो ।

उपराष्ट्रपति पुनसँगै वन तथा वातवरण मन्त्री शक्तिबहादुर बस्नेतले पनि नेपाली कला प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

नेपाल ललित कला प्रज्ञा प्रतिस्ठानसँगको सहकार्यमा वेल्ट संग्राहलयले नेपाली कलाकारहरुले आर्ट गरेका तस्वीरहरु राखेर प्रदर्शनी गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!