छायांकनमा ‘अन्धकार’

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । चलचित्र ‘अन्धकार’ को छायांकन पूर्वाञ्चलको झापा आसपासमा तिब्र गतिमा भैरहेको छ । राज फिल्मस् प्रालिको ब्यानरमा निर्मित चलचित्र ‘अन्धकार’को आधा भन्दा बढी छायांकन सक्किसकेको निर्देशक सुर्य बुढाथोकीले जानकारी गराएका छन् ।

समाजका विविध बिकृति मध्ये युवा पुस्ता आफैमा शिक्षित हुँदा हुँदै पनि कसरी दुव्र्यसनीको शिकार भैरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने छ । मोफसलको ईटहरी, झापा, धरान र केही दृश्य उपत्यकामा पनि छायांकन गरिने ‘अन्धकार’लाई सागर पौडेलले खिचिरहेका छन् । सुर्य बुढाथोकीको निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाषचन्द्र खरेल, मिना कोईराला, सुजन ढकाल आदिको अभिनय रहने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!