थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बैङ्कक, थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ ।

हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको जनाइएको छ । 

उहाँ गत सन् २०१६ मा तत्कालीन राजा महाभाजिरालङकर्नको निधनपछि शाही सल्लाहकार परिषद्को अध्यक्षका हैसियतले नयाँ राजा चयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

पूर्व प्रधानमन्त्री प्रेमको सन् १९२० को अगस्त २६ तारिखका दिन जन्म भएको थियो । उहाँ सोङख्ला प्रान्तका स्थानीय बासिन्दा भएपनि सिसाओमा लामो समय बस्नु भएको थियो ।

थाइल्याण्डको पूर्व सेनापति समेत रहनु भएका प्रेम सन् १९८० देखि १९८८ सम्म प्रधानमन्त्री बन्नु भएको थियो  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!