साधना म्युजिक अवार्ड २०७६ को नोमिनेशन प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

- May 26, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, साधना म्युजिक अवार्डको नोमिनेसन प्रमाणपत्र वितरण गरिएको छ । साधना म्युजिक अवार्ड २०७६ का उत्कृष्ट पाँचमा परेकालाई आज काठमान्डाँैको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच प्रमाणपत्र  प्रदान गरिएको हो ।

‘अग्रजलाई सम्मान , नवलाई प्रोत्साहन कला गला संरक्षणमा हाम्रो अभियान’ भन्ने मुल नाराको साथ उक्त कार्यक्रम हुन लागेको हो ।

उदधाटन कार्यक्रम  सामना म्युजिक क्रियसनकी  अध्यक्ष सामना शाहको आतिथ्यतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य सामना म्युजिक क्रियसनका सदस्य सचिव गोकर्ण लामिछानेले राखेका थिए । कार्यक्रमको उद्घोषण दिप ज्योति थापाले  गरेकी थिइन ।

कार्यक्रमलाई रौनकता दिनको लागीे विभिन्न नृत्यहरु प्रस्तुत गरिएको  थियो । साथमा विभिन्न पुष्प गुच्चाले मन्चलाई सिगाँरिएको थियो । कार्यक्रममा रेडियो नेपालका कार्यक्रम निर्देशक नवराज लम्साल, नेपाल पर्यटन मन्त्रालयका सह सचिव घनश्याम उपाध्यय , महा लेखा परिक्षण कार्यmयका निर्देशक उपेन्द्र केशर खनाल , बरिष्ठ चरित्र अभिनेत्री रश्मी भटट , मिडिया डवलीका पत्रकार कृष्ण पहाडि लगायतमा अतिथी रहेका थिए ।

उक्त अवसरमा नेपाली कला क्षेत्रमा सक्रिय पत्रकारहरुलाई समेत सम्मान गरिने पनि घोषणा गरिएको थियो  । अवार्डमा ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीको मतका आधारमा विजेता छनोट गरिने छ ।

सामना म्युजिक क्रियसनको आयोजनामा हुन लागेको यस अवार्डमा लोकदोहोरी आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् ।

कार्यक्रमलाई सफल बनाउनको लागी सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाह , कार्यक्रम निर्देशक गौत्तम शेर्पा, सदस्य सचिव गोकर्ण लामीछाने लगायतको उल्लेखनीय भुमिका रहेको थियो । प्रमाण पत्र वितहरण कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकार , संगीतप्रेमी तथा चर्चित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!