एसपीको सरुवाले आईजीपी खनाललाई यस कारण भयो तनाब !!!

- May 25, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

‘आकर्षक जिल्ला ताक्नेहरुको दौडधुप रोचक’

छायाँचन्द्र भण्डारी

काठमाडौं । नेपाल प्रहरीमा हुन लागेको एसपी सरुवाका लागि गृह सचिव प्रेम कुमार राई र आईजीपी सर्बेन्द्र खनालबिच गोप्य वार्ता सम्पन्न भएको छ । केहि दिन भित्रै हुन लागेको एसपी सरुवालाई लिएर उनीहरु विच ’गोप्य वार्ता’ सम्पन्न भएको हो ।

प्रहरी प्रधान कार्यालयलाई पछिल्लो समय हुन लागेको एसपी सरुवाले निकै भारी परेको छ । त्यसो त एसपी सरुवामा गृहमन्त्री रामबहादुर थापा वादल र गृह सचिव प्रेम कुमार राईले छुट्टाछुट्टै नाम टिपाए पछि आईजीपी खनाल तनावमा परेका छन् । गृह सचिव राईसँग गोप्य वार्ता गरि आईजीपी खनाल जनकपुर तर्फ लागेका छन् । समयमै एसपी सरुवा गर्न कस्सिएका नेपाल प्रहरीका आईजीपी खनाललाई शक्ती केन्द्रको दबाब थेग्न हम्मे हम्मे परेको हो । एसपी सरुवामा रोचक दौडधुप देखेर केहि एसपीहरु अब आफ्नो पालो आउन गाह्रो छ भन्दै पुर्पुरोमा हात राख्न वाध्य भएका छन् ।

एसपीका लागि आर्कषक जिल्ला मानिने मोरंग,सुनसरी,पर्सा,महोत्तरी ,सिराहा, सप्तरी, कास्की, चितवन, रुपन्देही, बाँके, धनकुटा, पश्चिम नवलपरासी लगायतका जिल्लामा दर्जन भन्दा बढिले आकांक्षीहरु सत्ताधारी नेकपाका नेताहरुकोमा झिसमिसेमै ढोका हान्न पुगेकाछन् । आर्कषक जिल्ला नेतृत्वका आकांक्षा देखाएर शक्ती केन्द्र धाउने एसपीहरुमा चन्द्रकुबेर खापुंग मोरंगका लागि तयारी गरिरहेका छन् । जनजातीको ’नातोकस्तै’ खापुंगलाई सचिव राईले आर्शिवाद दिएकाछन् ।दानबहादुर कार्की रुपन्देही जाने पक्कापक्की भन्दै हिडेकाछन् । उनलाई आइजी खनाल र गुल्मीका नेकपाका नेताहरुको साथ छ ।

उनी कुनै समय भरोसा हस्पिटलमा छापा हानेको बदला लिन तत्कालिन कामु आइजी दिनेशचन्द्र पोख्रेलले बढुवामा अन्याय गरेको भन्दै शक्ती केन्द्रमा रोइलो काढ्दै हिडेका छन् । उनी रुपन्देही जाने खबरले कुनै समय गाडी चोर मुद्धामा पक्राउ परेका एक पत्रकार हौसिँदै हिडेकाछन् ।उनले आफु जानु अघि नै डीएसपी धर्मराज भण्डारीलाई जिल्ला खटाई सकेका छन् । त्यसैगरि सचिवालयमा रहेका डिएसपी किरण कुँवरलाई इप्रका बुटवल लान दबाब दिएकाछन् । स्मरणरहोस् कुनै समय उनै कुँवर कमलपोखरीमा नेतृत्व दिन नसकेर ’हात खडा’ गरेर हेडक्वाटर तानिएका थिए ।नेतृत्व दिन नसकेपनि डीएसपी बढुवामा भने उनी अगाडि तानिएकाछन् । त्यसैगरि एसपी विश्व अधिकारी कास्की जान खुट्टा तन्काएका छन् । उनलाई अख्तियार प्रमुख नविन घिमिरेको ’साथ’रहेको छ ।

त्यसैगरि नवराज अधिकारी बाँके जान तम्सिएकाछन् । उनलाई खानेपानी मन्त्री विना मगर र नेकपा अध्यक्ष प्रचण्डले ढाप मारेका छन्,स्रोतले न्यूज अभियानलाई भन्यो । दानबहादुर मल्ल चितवन जाने तयारीमा रहेका छन् । उनलाई प्रचण्डको आर्शिवाद मिलेको छ । सोमेन्द्रसिंह राठोर आफु नजिकका प्रहरी अधिकारी र केहि पत्रकारसँग मेरो पर्सा लगभग भइसक्यो, आइजीपीले बचन दिएको भन्दै घोक हाल्दै हिडेकाछन् । हृदय थापा प्रहरी प्रधान कार्यलयको कप्रका लागि रस्साकस्सी मच्चाएका छन् । त्यसो त, आइजीपी खनालले कप्रमा एसपी जर्नाजन जीसीलाई रुचाएको चर्चा चलेको छ ।

उनले प्रहरी हस्पिटलमा कार्यरत एआइजी डा.दुर्गा थापा मार्फत गृहमन्त्री वादल र गृह सचिव राई मार्फत आईजीपी खनाललाई दबाब दिइरहेका छन् । त्यसैगरि रमेश थापा आइपी सचिवालय जाने तयारीमा छन् । मनोज यादव २ नं प्रदेशको कुनै आकर्षक जिल्ला खोजिरहेकाछन् । उनले उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री मातृका यादवको साथ रहेको छ ।उनी तिनै प्रहरी अधिकारी हुन् जो कपिलबस्तु जिल्लामा आर्थिक विवादमा परेर हेडक्याटर तानिएका थिए ।

स्यांजाबाट तानिएका जयराज सापकोटा सुनसरी तर्फ तिर तेर्साएका छन् । रवी पौडेल लगायतका एसपीहरु जिल्ला नेतृत्वको खोजीमा कुदिरहेको समाचार स्रोतले जानकारी दिएको छ । पौडेल गृहमन्त्री वादलको गृह जिल्ला गाँउले भन्दै बाँके जिल्ला ताकेका छन् । जिल्ला ताक्नेहरुमा रामेश्वर यादव,श्याम कृष्ण अधिकारी,रमेश बस्नेत,विमल बस्नेत,अजय केसी,विमल कडेल ,रबिन्द्र रेग्मी,मेखबहादुर खत्री,नान्तीराज गुरुंग र श्याम महतो लगायतका एसपीहरु कस्सिएकाछन् । यसैगरि एसपीहरु सरुवासँगै डिएसपीहरुको पनि सरुवा सुची तयारी भइरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!