लुम्बिनीमा पनि ईशाइहरुको घुसपैठ !

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपालमा ईशाइहरुको घुसपैठ कतिसम्म भएको छ भन्ने कुरा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा भइरहेको अवस्थाले पुष्टि गर्दछ । ईशाइहरुको एउटा समूह केही समय यता लुम्बिनीभित्रै सक्रिय रहेको थाहा भएको छ । 

लुम्बिनीमा एउटा विहार ईशाइहरुको लगानीमा बनेको र त्यहाँ रहने कथित मिक्षुहरु समेत ईशाइ धर्मावलम्बी रहेको जानकारी लुम्बिनीमा बसेर अध्ययन अनुसन्धान गर्दै आएका एक जना बौद्धमार्गीले दिएका छन् ।

आक्रमण बौद्धमार्गी तथा प्रकृति पुजक जनजातिहरुमाथि गरिरहेको बेला लुम्बिनी भित्रै घुसेर विहान बनाईदिने र एउटा झुण्डलाई भिक्षु बनाएर राख्नुको पछाडि भने खास कारण रहेको पाइएको पनि ती विद्वानले दिएका छन् ।

उनका अनुसार त्यहाँ बस्ने कथित भिक्षुहरुले हिन्दूसँग कुनै पनि हालतमा सम्बन्ध राख्नु हुँदैन भन्ने प्रकारका दुस्प्रचार गर्ने गरेको बताइन्छ, नेपालीपत्रमा उल्लेख छ ।

नेपालमा बौद्ध र हिन्दू धर्मावलम्बीहरुबीच अधिकांश संस्कार मिल्ने गर्दछन् । चाडवाड र संस्कार मिल्ने हिन्दू बौद्धहरुबीच फाटो ल्याउन पाए आफूहरुले जगजगी चल्ने विश्लेषणसहित ईशाइहरुले यस्तो घृणित काम गरिरहेकोमा शंका छैन । 

यस्तो बदमासी भइरहँदा समेत लुम्बिनी विकास कोषले ध्यान नपुर्याउनुलाई ती विद्वानले विडम्बनापूर्ण भनेका छन् । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!