फ्लोरिडामा ३५ वर्षपछि मृत्युदण्डको सजाय

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वासिङ्टन, व्यक्ति हत्यामा दोषी ठहरिएका ६५ वर्षीय रोबर्ट बब्बी लङलाई अमेरिकी टेक्सास राज्यमा मृत्युदण्डको सजाय दिइएको छ । फ्लोरिडा राज्यको टाम्पा बे क्षेत्रमा कम्तीमा आठ जना किशोरीलाई बलात्कार पश्चात हत्या गरेको भन्दै मृत्युदण्ड दिइएको हो ।

फ्लोरिडा कारागार व्यवस्थापन विभागका अनुसार स्थानीय समय अनुसार साँझ ६.५५ बजे लङलाई मृत्युदण्ड दिइएको थियो । पछिल्लो पटक एक महिलाको हत्या गरेकामा दोषी पाइएपछि लङलाई सन् १९८५ मा मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानका क्रममा उनले अरु सात किशोरी वा महिलाको हत्या गरेको स्वीकारेका थिए । साथै पीडितहरुलाई उनले पटकपटक बलात्कार समेत गरेको अनुसन्धानमा खुलेको थियो ।

दुई बच्चाका बाबु लङले हिंसात्मक गतिविधि सन् १९८० को दशकको शुरुमै थालेका थिए । बलात्कार र हत्या गर्दै फरार रहने गरेका उनलाई अन्ततः प्रहरीले गिरफ्तार गरेको थियो । लङ समेत यसै वर्ष अमेरिकामा आठ जनालाई मृत्युदण्ड दिइएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!