चार अर्ब ३२ करोड छल्ने दाउमा सुमार्गी

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, विवादास्पद व्यापारी अजेयराज सुमार्गीले राज्यलाई ४ अर्ब ३१ करोड ९५ लाख पूँजीगत लाभकर नतिर्ने प्रपञ्च रचिरहेका छन् ।

आन्तरिक राजश्व विभागले सो रकम तिर्न ताकेता गरेपनि उनी भागिरहेका छन् । सुमार्गीको साइप्रसस्थित एयरवेल सर्भिसेजमार्फत् टेलियोसोनेरालाई ०६८/६९ सालमा सेयर बेच्दा प्राप्त पूँजीतगत लाभको कर तिरेका छैनन् ।

त्यसको ब्याज जरिबानासहित तिर्न कार्यालयले सुमार्गीलाई ताकेता गरेको हो । विवादास्पद व्यापारी सुमार्गी  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का व्यापारिक साझेदार हुन् ।

प्रचण्डसंगै जोडिएको आरोपलाई भजाएर सुमार्गी मालामाल बनिरहेका छन् । ११ बैशाखमा विभागले सुमार्गीको कम्पनीको नाममा पत्र पठाएर पन्ध्र  दिनभित्र कर तिर्न र तिर्न नपर्ने कुनै ठोस सबुत प्रमाण भए जानकारी दिन भनेको थियो ।

सुमार्गीको कम्पनीले पत्र बुझेपनि चासो नदेखाएपछि कर नतिरेपछि विभागले पुनः ताकेता गरेको छ । ३१ वैशाखमा सुमार्गको कम्पनी नेपाल स्याटेलाइटको कर निर्धारण गरिदिएको थियो ।

कर निर्धारण गरेर पठाएको पत्र नेपाल स्याटेलाइनले बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेल मार्फत् समेत विभागले पत्र पठाएको थियो ।

विभागले ३ जेठमा सार्वजनिक सूचना जारी पत्र पठाइएको व्योहोरा सुमार्गीको कम्पनीलाई जानकारी गराएको छ । अभियान टाम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!