नेपाल बैंकको नयाँ शाखा तालचोकमा

- May 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नंं २७ तालचोक लेखनाथ स्थित तालचोक शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मान बहादुर जि.सि. र नेपाल बैंक लिमिटेडका का.मु. प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीबाट संयुक्त रुपमा हिजो ९ गते भब्य समारोहका बीच उद्घाटन सम्पन्न भयो ।

बिभिन्न उद्योगि ब्यबसायिहरु, स्थानिय समाजसेवीहरु, बिभिन्न संघ संस्थाका प्रमुखहरु, साथै स्थानीय ग्राहकहरुको उल्लासमय उपस्थिति रहेको उक्त कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी बाबुराम गिरी लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पुर्ण नेपालिहरुको पहिलो रोजाइको बैंक समेत बन्ने शुभकामना प्रदान गर्नुभयो ।

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पुर्ण जिल्लाहरुमा बिभिन्न २० वटा शाखाहरु मार्फत यस बैंकले सरकारी कारोवार सहितका बिभिन्न अत्याधुनिक बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दे आईरहेकोमा निकट भबिष्यमा गोर्खा जिल्ला सहित गण्डकी प्रदेशका अन्य बिभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुँदा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो बनाउदै लैजाने छ  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!