श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित दुई पक्राउ

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, श्रोत नखुलेको ३१ लाख नेपाली नगद सहित काठमाडौं महानगरपालिका-३१ बाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भक्तपुर जगातीबस्ने ५० वर्षीय राजभाई सञ्जु र झापा चारपाने घर भई हाल काठमाडौं सिनामंगल बस्ने ३३ वर्षीय अभिषेक सादा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.१४ च ८९५९ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!