आठौंका पदक बिजेता तेक्वान्दो खेलाडी सम्मानित

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ३ बाट आईटिएफ तेक्वान्दोमा पदक बिजेता खेलाडीलाई भक्तपुर जिल्ला आईटिएफ संघले सम्मान गरेको छ ।

भक्तपुर जिल्लाका सोनी खड्का,सौरब धिमिरे र शिशिर श्रवण राईले स्वर्ण जितेका थिए । स्पाईरिङ ४५ केजी मुनीको तौल समूहमा सोनीले स्वर्ण जितेकी थिईन् ।

त्यस्तै प्याट्रनतर्फ रातो पेटिमा सौरभले स्वर्ण जित्दा शिशिरले निलो पेटिमा स्वर्ण हात पारेका थिए । सम्मानित अन्य खेलाडीमा रजत बिजेता स्वेता राई, अनिसा कार्की र निलिमा सुनुवार रहेका छन् ।

कास्य बिजेतामा आशिष भूजेल र समिर श्रेष्ठ पनि सम्मानित भए । उनिहरुलाई सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेब थापा, आईटिएफ तेक्वान्दो केन्द्रिय अध्यक्ष अन्जन धमला,माउन्ट भ्यू स्कुलका प्रिन्सिपल राजकुमार महर्जन, आयोजक भक्तपुर आईटिएफका अध्यक्ष आषिश कार्कीलगायतले खेलाडीलाई सम्मान गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!