यी हुन् पैसा लिएर यौन सम्पर्क गर्ने नायिका

- November 9, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । चर्चित अमेरिकी पत्रिका प्लेब्वाईमा न्युड फोटोसुट गराउने पहिलो भारतीय मोडल शर्लिन चोपडा फेरि एकपटक चर्चामा आएकी छिन् । हालै शर्लिनले आफ्नो जीवनको गोप्यता खोलेकी छिन् ।
शर्लिनले यसअघि पैसा लिएर धेरै पटक शारीरिक सम्बन्ध कायम गरेको दाबी गरेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, केही समय पहिलेसम्म कयौं व्यक्तिसँग पैसा लिएर उनले सेक्स गरेकी थिइन् । यस्तो गर्न उनलाई आनन्द आउँथ्यो तर त्यो आनन्द क्षणिक थियो । उनका अनुसार उनलाई छिट्टै त्यसको कुराको आभास भयो, अब उनी पहिला भन्दा धेरै सुध्रि सकेकी छिन् ।
उनले ट्वीटरमा खुलेआम अहिले पनि पैसा दिएर शारीरिक सम्बन्ध बनाउने अफरहरु आईरहेको बताएकी छिन् । शर्लिन चोपडाले २ वर्षअघि आफ्नो नांगो फोटो ट्वीटरमा पोस्ट गरेर सनसनी मच्चाएकी थिइन् । त्यसपछि ट्वीटरले उनको एकाउन्ट लक गरिदिएको थियो, त्यसपछि शर्लिनले सार्वजनिक माफी मागेपछि पुनः उनको एकाउन्ट खुल्ला भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!