दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन घाइते, दुईको अवस्था गम्भीर

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन ,पुर्वी चितवनको टिकौलीमा  दुई वटा मोटरसाईकल एक आपसमा ठोक्कीदा ३ जना घाईते भएका छन ।

भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. २. प. ३८५ नम्बरको मोटरसाईकल र टाँडीबाट भरतपुरतर्फ गइरहेको ना. ६५. प. ६०७९ नम्बरको मोटरसाइकल आज विहान ६ः१० बजेको समयमा एकआपसमा ठोक्कीएर भएको दुर्घटनामा मोटरसाईकलमा सवार ३ जना घाइते भएका हुन् ।

उनीहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाईते हुनेहरुमा ना. २. प. ३८५ नम्बरको मोटरसाईकल चालक पर्सा श्रीपुरका १९ वर्षीय राम जी साह र अर्का मोटरसाईकलका चालक रत्ननगर नगरपालिका ८ का २२ वर्षीय अजित चौधरी र पछाडी सवार रत्ननगर १ का २० वर्षीय सुरज चौधरी रहेका छन् ।

उनीहरुमध्ये राम जी र अजितको अवस्था गम्भिर रहेको जनाईएको छ । राम जीको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ भने अजित र सुरजको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

दुई मोटरसाईकल ठोक्किएर पल्टिदा टाँडीबाट भरतपुर तर्फ गइरहेको ना ८ ख १९९१ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । एक जनालाई ट्रकको चक्काले च्यापेको अवस्थामा उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!