चितवनमा १० महिनाको अवधिमा ४२ प्रतिशत मात्रै विकास बजेट खर्च

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन,  विकास निर्माण गर्दा अपनाइने पुरानो शैली र प्रवृत्तिमा परिवर्तन नआउँदा चितवनमा १० महिनाको अवधिमा ४२ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०७५/०७६ को बैशाख मसान्तसम्म चितवनमा विकास खर्च ४२ प्रतिशत मात्रै भएको छ ।

विकास निर्माणको खर्चमा हुने शैलीमा खासै परिवर्तन आउन नसक्दा विकास बजेट न्यून खर्च भएको हो । विकास निर्माणका कामहरु सुरु गर्नका लागि जेठ असार नै कुर्ने प्रवृत्तिका कारण बजेट खर्च न्यून भएको हो ।

चितवनका प्रमुख कोष तथा लेखा नियन्त्रक महेन्द्रप्रसाद भण्डारीले विकास निर्माणमा गरिने खर्चको शैलीमा केही सुधार भए पनि यस आर्थिक वर्षको बाँकी दुई महिनामा १० देखि १५ प्रतिशत भन्दा बढी खर्च हुन नसक्ने बताए ।

भण्डारीका अनुसार यस आर्थिक वर्षको बैशाख मसान्तसम्म संघीय सरकारअन्तर्गत चालु खर्च ७२.६८ प्रतिशत र पूँजीगत खर्च ४२.३० प्रतिशत देखिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!