सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच रेमिटेन्स सेवा सुरु भएको छ ।

सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशीतथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्तगर्न सक्नुहुनेछ ।

यस सम्झौतामार्फत सम्पूर्ण देश तथा विदेशमा रहनु भएका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।

गत जेठ ६ गते एक कार्यक्रमकाबीच राष्ट्रिय वाणिज्य बैंक को तर्फबाट कोष (ट्रेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । 

थप समाचारको लागि तलको लिङ्क क्लिक गर्नुहोस् :-

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!