चौधरीको प्रोपोगाण्डामा ठूला मिडियाको भजन : नेपाली पत्रकारितको दरिद्रता चित्रण !!!

- May 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, व्यवसायीकताको नाममा च्याउझैं उम्रिएका अनलाइन, रेडियो, पत्रिका र टेलिभिजनले एक व्यापारीबाट विज्ञापन आर्जन गर्ने नाममा स्वतन्त्र पत्रकारिताको घाँटी कसरी रेटिरहेका छन् भन्ने कुरा मंगलबार र बुधबार प्रकाशित र प्रसारित भएका समाचारबाट पुष्टि हुन्छ ।

आफूलाई अर्बपति व्यापारी भएको दावी गर्ने चौधरी गु्रपका अध्यक्ष विनोद कुमार चौधरीले मंगलबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सरकारले पेश गरेको एउटा भूमिव्यवस्थापन सम्वन्धि विधेयक माथिको छलफलमा भाग लिँदै बोलेको तीन मिनेटको भाषणलाई हरेक संचारमाध्यमले प्राथमिकताका साथ प्रचार प्रसार गरेर नेपालको पत्रकारितको दरिद्रता प्रस्तुत गरेका छन् ।

व्यवसायिक र स्वतन्त्र पत्रकारितको आदर्श र दायित्वको नारा फलाकेर नअघाउने बरिष्ठ पत्रकारहरु समेत आफ्नो स्वतन्त्रता, विवेक र कर्तव्यलाई विर्सिएर चौधरीको भाषण जस्ताको तस्तै प्रकाशन र प्रशारण गरेर नेपाली पत्रकारितको दरिद्रता चित्रण गरेका हुन् ।

चौधरीले आफ्नो भाषणको प्रचार यसरी गरेकी राजा महाराजको स्तुति गान र भजन मण्डलीको भूमिकालाई समेत विर्साउने गरी आमसंचारको माध्यम र सामाजिक संजालमा चौधरीको तस्वीर र भनाई राखेर दासता र चाप्लुसीको चरम नमुना देखाइएको छ । संघीय संसदमा प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ जना सांसद छन् ।

तर एक अर्बपति व्यापारी सांसदले मंगलबार प्रतिनिधिसभामा के भाषण मात्र गरेका थिए, साराका सारा संचारकर्मी र संचारमाध्यम मात्र होइन, समाजका अगुवा भनिने व्यक्तिले समेत
सामाजिक संजालमा आफ्नो भक्तिगाथा पस्के । संविधानको नजरमा सबै विधायक बराबरी हुन । यिनले भन्दा बढी नै देश, जनताको पक्षमा अन्य सांसदले पनि बोल्छन तर यिनको पक्षमा यतिधेरै प्रोपोगाण्डा किन भएको होला ?

कृषि र भू उपयोग नीतिका बिषयमा चौधरीले दिएको भाषण ८० प्रतिशत बढी कृषि पेशमा रहेका नेपाली नागरिकको हित र कल्याणको पक्षमा छैन् । उनले जग्गाको चक्लाबन्दीको नाममा राज्यलाई व्यक्तिको सम्पति लिन पाउने धारणा राखेको थिए ।

उनले व्यक्तिले थोरै जग्गा राखेर खण्डिकरण गरेको भन्दै राज्यले चाहेको बेला अधिग्रहण गर्न पाउनु पर्छ भनेर राज्यलाई बलियो र जनतालाई कमजोर बनाउने अभिव्यक्ति दिएका थिए । उनको यो भनाईलाई सरकारले कार्यान्वयनमा ल्याउने हो भने थोरै जग्गा भएका व्यक्तिको सम्पतिको सुरक्षाको अधिकारलाई समेत हनन हुने देखिन्छ ।

२०६४ सालमा तत्कालिन नेकपा एमालेलाई आर्थिक सहयोग गरेर समानुपातिक सांसद भएका चौधरी २०७२ सालको संसदीय निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई नगद बुझाएर समानुपातिक सांसद भएका थिए ।

राणा व्यापारीमार्फत देउवापत्नी आरजु राणाको संगतबाट कांग्रेसमा हालीमुहाली गरिरहेका चौधरीले हरेक सञ्चारमाध्यम र संस्थालाई आफ्नो समाचार प्रकाशन वा प्रशारण नगरे विज्ञापन नदिने भनी धम्की दिन विभिन्न संस्थालाई प्रयोग गरेका थिए,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!