बागलुङ, रुकुम र रोल्पालाई लक्षित गरि टेलिकमले सेवा विस्तार गर्दै सर्भे कार्य सकियो

- May 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

थम्मन थापा, बागलुङ,  नेपाल टेलिकम बागलुङले आफनो सेवा विस्तारलाई तिव्रता दिएको छ । ग्रामिण तथा विकट क्षेत्रका बासिन्दालाई सञ्चारमा सहज पहुॅच पुर्याउनको निमित्त मोवाईल सेवा विस्तारलाई अगाडि बढाएको टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयो ।

बागलुङको निसिखोला गाउॅपालिका, रुकुमको भुमे गाउॅपालिका र रोल्पाको सुनछहारी गाउपालिकालाई लक्षित गरि सेवा विस्तार गर्न लागिएको शर्माले बताउनुभयो ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड र पुर्वी रुकुम खण्डलाई समेत लक्षित गरि सेवा विस्तार गर्ने उद्येश्यले निसीखोला गाउॅपालिका वडा नं ६ तिलाचन धुरीमा जिएसएम मोवाईल टावर निर्माण गर्न सर्भे गरिएको छ ।

नेपाल टेलिकम बागलुङको प्राविधिक टिम र निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, वडा अध्यक्षहरु, स्थानिय समाजसेवीहरुको उपस्थितीमा सर्भे कार्य सम्पन्न भएको हो ।

मध्यपहाडी लोकमार्गबाट झण्डै ४५ मिनेटको पैदल यात्रामा पुगिने तिलाचन धुरीमा नेपाल टेलिकमको टावर निर्माण भएपछि बागलुङको कोस्का, भल्कोट, खाली खोला, रिगा ताल, पुर्वी रुकुमको रिकिम, काॅक्री, लुकुम र रोल्पाको तिलाचन ताल, फुलिबन, पोबाङ, सिउरी, भङरङ सॅगै मध्य पहाडी लोकमार्गमा आवतजावत गर्ने यात्रीहरु प्रत्यक्ष लाभान्वित हुने नेपाल टेलिकम बागलुङले जनाएको छ ।

टेलिकमले टुजी, थ्रिजी सॅगै निकट भविष्यमा फोरजी समेत विस्तार गर्ने लक्ष्य अनुरुप काम अगाडी बढाएको छ । अहिले त्यस क्षेत्रमा मोवाईलको सेवाको पहुॅच सुन्य रहेको छ ।

समुन्द्री सतह देखि ३ हजार ४ सय ७८ मिटरको उचाईमा अवस्थित तिलाचन धुरीबाट २५ मिटर अग्लो नमस्ते मोवाईलको टावर निर्माण गरिने टेलिकमले जनाएको छ ।

मध्य पहाडी लोकमार्गको पश्चिम खण्ड र पुर्वी रुकुम खण्ड स्तरोन्नति सॅगै कालोपत्रे भएपछि अहिले सवारी आवागमनमा वृद्वि भएपछि टेलिकमले सर्भसुलभ सेवा प्रवाह गर्न उक्त सर्भे कार्य सम्पन्न गरेको हो निसीखोला गाउपालिकाको भौतिक पुर्वाधार व्यवस्थापनमा उक्त कार्य अगाडी बढाईएको गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

यहाॅ अहिले मोवाईल सेवा सुन्य छ हामीले पर्यटन प्रवद्वनमा समेत विकासका पुर्वाधार तय गर्दै छौं सञ्चारले त्यसमा थप टेवा पुराउने अपेक्षा गरेका छौं अध्यक्ष पौडेलले भन्नु भयो ।

पौडेलका अनुसार उक्त क्षेत्र पर्यटकीय हिसाबले अत्यन्तै महत्वपुर्ण क्षेत्रको रुपमा विकसित भईरहेको छ । त्यसको लागि निसीखोला गाउॅपालिकाले आवश्य प्रकृया अगाडी बढाईरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!