महाराजगन्ज बृतबाट थुनुवा फरार, कमजोर कमाण्डका डिएसपीलाई कस्को संरक्षण ?

- May 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, महानगरीय प्रहरी बृत महाराजगन्जबाट एक थुनुवा फरार भएका छन् । जबरजस्ती करणी आरोपमा पक्राउ परेका  श्रेष्ठ थरका १६बर्षे युवक मेडिकल चेक जाँच गर्न लैजाँदा वीर अस्पतालबाट फरार भएका हुन।

अनुसन्धानमा रहेका २ मध्ये श्रेष्ठ बुधबार राती साँढे १० बजे फरार भएको प्रहरीले जनाएको छ। दुरब्यवाहरमा पका्रउ परेका दुई मध्ये एक ब्यक्ती फरार छन् । हामीले खोजी रहेका छौं प्रहरी परिसरका प्रबक्ता डिएसपी होविन्द्र बोगटीले न्यूज अभियानलाई बताए ।

पछिल्लो समय बृतका डिएसपी फणिन्द्र प्रसाइको कमजोर कमाण्डका कारण महाराजगन्ज प्रहरी नेतृतव धेरै विवादमा परेको छ ।

यसअघि हत्या घटना मिलाउन सेटिङ मिलाएको अभियोगमा एक इन्सपेक्टर निलम्बनमा परेका थिए । सो क्षेत्रमा लूटपाट, चोरी लगायतका अनय घटना दैनिक जसो बढिरहेका छन्। उनको कमजोर कमाण्डलाई कस्को संरक्षण ? गरिरहेको छ प्रहरी संगठन भित्र चर्चा चुलिएको छ ।  


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!