कृति पेन्ट एण्ड प्याक इण्डष्ट्रिजका उद्योगी अग्रवालद्वारा भ्याट ठगी

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विराटनगर । विराटनगरमा एक व्यापारिक घरानाका व्यक्तिद्वारा राजस्व ठगी गरेको पाइएको छ । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित कृति पेन्ट एण्ड प्याक इण्डष्ट्रिजले चालू आर्थिक वर्षको फागुन महिनामा विवरण बुझाउने क्रममा एक लाख ४१ हजार भ्याट बुझाए पनि चैत महिनामा भने जिरो विवरण बुझाएपछि उसले व्यापक भ्याट ठगी गरेको रहस्य खुलेको हो । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट भ्याटमा दर्ता भएर कृति पेन्ट एण्ड प्याक इण्डष्ट्रिजका नाममा २०७२ सालमा नै ६०३३९५८३१ मा भ्याट नम्बरसमेत प्राप्त गरेको उक्त कम्पनीले आप्mनो उत्पादन बिक्री गर्दा पूर्णरुपमा जिरो विवरण दिएपछिराजस्वठगी प्रकरणको रहस्य खुल्न पुगेको हो । पछिल्लो समय स्टक नील गरेको उद्योगले कहाँ उत्पादन ग¥यो? र सामान बिक्री ग¥यो? भन्ने कुराको रहस्य खुल्न पुगेको हो । उक्त उद्योगको सामान बिक्री हेर्दा स्टोक निल भएको थियो । जसको कारण उक्त उद्योगको स्टोकमा २० लाखभन्दा बढीको अन्तर आएपछि राजस्व छली प्रकरण खुल्न पुगेको हो । उक्त फर्मका मुख्य सञ्चालकमा अभिषेक अग्रवाल रहेका छन् भने कागजी दर्ता प्रक्रियामा स्वेता सहेवाल रहेको कुरा आन्तरिक राजस्व कार्यालयस्रोतले बताएको छ । तर उक्त उद्योगबाट अग्रवालले निर्वाध रुपमा कारोबार गरी व्यापकरुपमा भ्याट छली हुँदै आएको दाबीसमेत समाचारस्रोतले गरेको हो । स्रोतका अनुसार कृति पेन्ट एण्ड प्याक इण्डष्ट्रिजबाट सरकारले लिँदै आएको आयकरमा समेत लाखौं रकमको ठगी भएको खुलासा गरेको छ । राजस्वठगी भएको आशंकामा केही समयअगाडि मात्र आन्तरिक राजस्व कार्यालय विराटनगरले अग्रवालको उक्त कम्पनीबाट उद्योगको नाममा रहेको खातापत्र ल्याई निरीक्षण थालेपछि भ्याट ठगी भइरहेको रहस्य खुल्न पुगेको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!