आरुबोटे काण्ड: ९ जना मारिएको छेउमा युवकको शव झुण्डिएको अवस्थामा,हत्यारा भएको आशंका

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पाँचथर ,आरुबोटे काण्ड अर्थात  मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राती भएको ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ ।

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो । अज्ञात समूहले बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारको हत्या गरेको हो ।

रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम धनराजका आफन्त हुन् । आक्रमणबाट भागेर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारी समूहले मकुन्डो लगाएर हत्या गरेको प्रहरीसमक्ष बयान दिएकी छन् ।

यसै बिच, पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न केन्द्रिय प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान प्रहरीहरु घटनास्थलतर्फ खटिएका छन्।

घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ लागि सकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!