१४ औं महाधिवेशन टार्ने चलखेल सुरु भयो : वरिष्ठ नेता पौडेल

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 कैलाली , नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन टार्ने चलखेल सुरु भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको जागरण अभियान अन्तरगत कैलालीको कैलाली गाँउपालिकाको हसुरियामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले पार्टी संगठनका सवै काम ढिला ढिला गरेर महाधिवेशनलाई पछाडि धकेल्ने चलखेल अहिल्यैबाट सुरु भएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘पार्टीमा विजय गच्छदारको पार्टी मिलेपछि समायोजनाको काम गर्न ढिलाई गरिदै छ । संगठनलाई संविधानको संरचना अनुसार बनाउन ढिला गरिदैछ । यसले गर्दा महाधिवेशन टार्ने चलखेल भएको स्पष्ट भएको छ ।’
पौडेलले पार्टीका भ्रातु संगठनको अधिवेशन आफ्नो पक्ष हार्ने डरले सभापति देउवाले रोकेको आरोप लगाउनुभयो । उहाँले संवैधानिक परिषदको बैठकमा सहभागि नभएर पार्टी सभापति शेरबहादुर देउवाले ठूलो गल्ती गरेको बताउनुभयो । पौडेलले भन्नुभयो–‘संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेताको हैसियतमा नगएर पार्टी सभापतिले ठुलो गल्ती गर्नुभएको छ ।

यो विषयमा पार्टी भित्र समिक्षा हुन जरुरी छ । संवैधानिक आयोगमा प्रतिपक्ष दलको प्रतिनीधित्व नहुनु गम्भिर विषय हो । कि स्वतन्त्र मान्छे हुनुप¥यो । नभएर सवैको प्रतिनीधित्व हुनुप¥यो । सवैको प्रतिनीधित्व भएमात्र निष्पक्ष हुन्छ भनेर संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई सदस्य हुने प्रावधान समेटिएको हो ।’

पौडेलले कांग्रेसले गाँउ गाँउबाट संगठन गरेर नेपाली कांग्रेसलाई ठूलो बनाउनुपर्ने बताउनुभयो । उहाँले निमुखालाई न्याय र विपन्नलाई आय भन्ने मुल मन्त्र तय गरेर कांग्रेस अगाडि बढ्न जरुरी छ । पौडेलले नेपाली कांग्रेस हरेक जात जाती मिलेर बनेकाले कांग्रेसले कुनै एउटा वर्ग जाति र समुदायको मात्र हितमा काम गर्न नसक्ने भन्दै सिंगो नेपालको कांग्रेसले प्रतिनीधित्व गर्ने बताउनुभयो ।

पौडेलले कैलालीका जनतालाई जगाएर जग्गाको मालिक बनाउने काम कांग्रेसले गरेको पनि बताउनुभयो । पौडेलले कांग्रेसका पालामा कमैया मुक्ती गराएको  स्मरण गर्दै मुक्त कमैयालाई पाँच पाँच कण्ठा जग्गा दिलाउने काम कांग्रेस सुरु गरेपनि पूरा गर्न नसकेको बताउनुभयो ।

उहाँले कम्युनिष्ट सरकारमा आएपनि चुनावमा बेलामा लगाएका नारा कता पुगे भनि प्रश्न गर्दै भन्नुभयो–‘कम्युनिष्टले चुनावमा बेलामा लगाएका  नाराले सार्थकता पाउने कुनै लक्षण छैनन् । उनीहरु हामीले काम सुरु गरेर पुरा भएका योजनाहरुको उदघाटन गर्दै समय कटाइरहेका छन् । कम्युनिष्टहरुले जनतालाई झुक्याउने काम भन्दा केहि गरेको छैन् ।

उनीहरुले केबल सत्ताका लागि मात्रै जनतालाई भ्रममा राखेका छन् ।’ पौडेलले विगतमा पनि कांग्रेसका विकासको बाटो बनाउदै जाने तर कम्युनिष्टले भत्काउदै जाने काम गरेको बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!