ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

लण्डन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना गर्नु लाग्नु भएको बेलायत भ्रमणका क्रममा उहाँले बेलायतका राजकुमार चाल्र्ससँग भेटवार्ता गर्न सक्ने सीएनएनले सोमबार जानकारी दिएको छ ।

अपराह्न चियाको समयमा  ट्रम्प र चाल्र्सबीच भेटवार्ता हुने अनुमान गरिएको छ । यद्यपी ह्वाइट हाउसले यस विषयमा केही टिप्पणी गरेको छैन ।

यसअघि ७० वर्षीय राजकुमार चाल्र्सले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट गर्न अनिच्छा देखाउनुभएका समाचारहरु प्रकाशन भएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आगामी जुन ३ मा बेलायतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!