उप–मेयर महिला क्रिकेट प्रतियोगिता हुने

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बैतडी : जिल्लामा उप–मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकामा यही जेठ २३ गतेदेखि दोस्रो संस्करणको उप–मेयर कप शुरु हुनेछ ।

दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताको विजेताले रु ३० हजार तथा उप–विजेतालाई रु २५ हजार पुरस्कार प्रदान गरिने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिनुभयो ।

म्यान अफ द सिरिजलाई रु पाँच हजार दिइनेछ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौमा सञ्चालन हुने उक्त प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाको टोली सहभागी हुनेछ ।
 
उप–मेयर कपबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नुका साथै क्रिकेटको विकासमा टेवा पुग्ने दशरथचन्द नगरपालिकाका उप–प्रमुख मिना चन्दले बताउनुभयोे । गत वर्ष नगरपालिकाले उप–मेयर कपको पहिला संस्करण आयोजना गरेको थियो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!