(कविता) खै कस्तो चिन्ता ?

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

खै कस्तो चिन्ता ?
भुक्तिको चिन्ता हो कि ?
मुक्तिको चिन्ता
चिन्तै चिन्ता देख्छु
जताततै

आँखा खोल्दा चिन्ता
आँखा बन्द गर्दा चिन्ता
खै के को चिन्ता ?

चिन्ता विना ज्युन खोज्दा खोज्दै
चिन्तामै डुबेछु
मुक्तिको खोजमा पर्दा
वासनामै डुबेछु
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?

प्रेममा डुब्न खोज्दा
मोहमा फसेछु
आनन्दमा रम्न खोज्दा
अंहकारमा खसेछु
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?

गुरु भक्तिमा डुब्न खोज्दा
आफ्नै जालमा फसेछु
ध्यानमा डुब्न खोज्दा
मनको भ्रममा फसे छु
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?

खुसीको आगनमा रम्न खोज्दा
दुःखको सागरमा खसेछु
आत्माको खोजमा पर्दा
भ्रमित मन र आशामा फसेछु
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?

शान्तिको खोजमा
अशान्त यात्रा रोजेछु
जिवनको महत्वपुर्ण समयलाई
समस्यामा उल्झाय छु
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?

यो संसार शान्त होस्
चिन्ता विहिन होस्
आनन्दमय होस्
प्रेमपुर्ण होस्र
भन्ने आत्माको चिन्ता
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?

मानव जिवन अमुल्य अवसर
जिवनमा सत्कर्म होस्
सदभाव होस्
करुणामय होस् भन्ने चिन्ता
खै कस्तो चिन्ता ?
खै के को चिन्ता ?


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!