नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंकबीच सम्झौता

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, यहि जेठ ६ गते नेशनल बैंकिग ईन्स्टिच्यूट र ज्योति विकास बैंक बीच e-Examination सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता अनुसार एनबिएलले त्रैमासिक रुपमा ज्योति विकास बैंकका ६०० कर्मचारीहरुको लागि Online Exam लिने भएको छ ।

यस सम्झौताले बैंकका कर्मचारीहरुमा अध्ययन गर्ने संस्कृती बसाल्न का साथै उनीहरुबिच बैंकिग ज्ञान बढाउने कुराको स्वस्थ प्रतिष्पर्धाको विकास हुने अपेक्षा गरिएको छ ।

यस सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट सहायक महाप्रबन्धक, रामहरी आचार्य र नेशनल बैंकिग ईन्टिच्यूटका तर्फबाट वरिष्ठ शैक्षिक प्रबन्धक, हरेन्द्र जंग थापा ले हस्ताक्षर गर्नु भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!