गायिका पुर्णिमाको ‘चोखो माया’ सार्वजनिक

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

आर पोखरेल, काठमाडौं ,  लिम्दुमी क्रियसनको प्रस्तुतीमा चर्चित गायिका पुर्णिमा लामाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा प्रेमका कोमल भावहरुलाई निकै आकर्षक रुपमा समेटिएको छ । गीतमा सेमन्त राईको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको एरेन्ज रहेको छ ।

आफुले चोखो माया गर्दा पनी पिडा दिने मायालुको भोगाईलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । मनोज राईको छायाँकन तथा सम्पादन, आशिष राईको निर्देशनमा भिडियो रहेको छ । ‘चोखो माया’ गीतको भिडियोमा मेलिना राई, प्रविन चाम्लिङ राईको अभिनय रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!