नागरिकबीच आपसी सहकार्य गर्न युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार को मान्यता प्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार न्यूयोर्क स्थित होटल न्यूयोर्कर स्थित यू.पी.एफ. कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए ।

सो समझदारीमा भाइचारा, विकास आदान प्रदान, फेडेरेसनको दुबै च्याप्टरको आपसी हितका लागि ज्ञान र सहयोगको आदान प्रदान गर्ने र आपसी सम्बन्धलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

युनिर्भसल पीस फेडेरेसन शान्तिका लागि समर्पित विविध क्षेत्रका प्रतिनिधि व्यक्ति तथा संस्थाहरूको अन्तधार्मिक तथा अन्तराष्ट्रिय संजाल हो ।

युपीएफ् ले संयुक्त राष्ट्रसंघीय दीगो विकास लक्ष्य हासिल गर्न तथा सयुत्त राष्ट्रसंघका अन्य विविध कार्यक्रमहरु प्रबर्द्धनका लागि सहयोग गर्दै आइरहेको छ ।

समझदारी पत्रमा युर्निसल पीस फेडेरेसन नेपालका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकाल र यू.पी.एफ.अमेरिकाका च्याप्टरका सभापति डा. माइकल ज्याङ्किन्सले हस्ताक्षर गरका हुन् ।

‘यो समझदारीले दुई मित्रराष्ट्र नेपाल र अमेरिकाका नागरिकलाई आपसी पारस्पारिक हितको कार्यका लागि अझै नजिक ल्याएको छ’ युनिर्भसल पीस फेडेरेसन नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!