मोटरसाईकलको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य तत्काल लागू हुँदैन

- May 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं, ट्राफिक प्रहरी महाशाखाले दुई पाँग्रे सवारी मोटरसाईकलमा यात्रा गर्ने दुबै यात्रुले अनिवार्य हेल्मेट लगाउनु पर्ने भन्नेबारेमा आएको समाचार तत्काल लागू नहुने जनाएको छ । 

महाशाखाले आधिकारिक ट्वीटर ह्याण्डलबाट ट्वीट गर्दै ट्राफिक प्रहरी महाशाखाले यस्तो जनाएको हो ।

गत आइतबार महाशाखामा आयोजित पत्रकार सम्मेलनमा एसएसपी वसन्त पन्तले दुबैलाई अनिवार्य हेल्मेट लगाउनु पर्ने प्रावधान सहितको कानून बनाउन प्रस्ताव पठाईएको जानकारी दिएको थियो ।

सामाजिक सञ्जालमा ट्राफिक महाशाखाको आलोचना बढेसँगै निणर्य फिर्ता भएको हो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!