समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रशिक्षण तथा अन्तरक्रिया सम्पन्न

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाण्डौ, महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काव्य स्कुल नयाँबानेश्वरमा  अध्यनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम यही जेष्ठ ६ गते सोमबार सम्पन्न भयो ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक क्षेत्रीले लागुऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिनु हुँदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो ।

उहाँले सामाजिक संजालको दुरुपयोगबाट अपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन समेत आग्रह गर्नुभयो ।

प्रहरीले गरेका धेरै कार्यहरू बाहिर नआउने तर एउटा घटना बाहिर आउदा समग्र नेपाल प्रहरीको सुरक्षा व्यबस्थामा प्रश्न उठाउने गरीएको स्मरण गर्दै क्षेत्री भन्नुहुन्छ ” एउटा ठाउँमा चोरी भएमा चोरी बढयो भन्ने तर चोरी नियन्त्रणको लागी दिनरात प्रहरीले गरेका कार्यहरूको कहिले चर्चा हुने गरेको छैन ” ।

विद्यार्थीहरूको जिज्ञासाको जवाफ दिदै क्षेत्रीले प्रविधिको प्रयोग बढ्दै संसार साघुरीएको अबस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिका विच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने  गरिएमा ठुलो घटनाबाट बच्च र बचाउन सकिने बताउनु भयो ।  

महानगरीय प्रहरी वृत्त नयाँबानेश्व र, काव्य स्कुल (प्रहरी-विद्यालय समन्वय समिति) नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वर १० को  आयोजनामा संचालित कार्यक्रममा काव्य स्कुलका विद्यार्थीहरूले “नेपाली जनजनको मनमनमा नेपाल प्रहरी नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी” भन्ने बोलको गितमा नृत्य समेत प्रस्तुत गरी थप मनोरञ्जन प्रदान गरेका थिए ।

काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी, अभिभावक प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!