हिसान शिक्षा मेला हुने –२०१९

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : आगामी बिहीबारदेखि उच्च शिक्षा तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)को आयोजनामा ‘छैठौँ कान्तिपुर हिसान शिक्षा मेला–२०१९’ हुने भएको छ ।

नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारे जानकारी गराउन मेला आयोजना गर्न लागिएको हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिनुभयो । उहाँले नेपाली विद्यार्थी गुणस्तरीय शिक्षा खोज्दै विदेश गइरहेको बेला नेपालमा नै गुणस्तरीय शिक्षा पाइन्छ भनेर मेला आयोजना गर्न लागिएको हो भन्नुभयो । 

“वार्षिक एक लाख १२ हजार विद्यार्थी वैदेशिक अध्ययनमा विदेश जान्छन्”, उहाँले भन्नुभयो, “यसरी विदेश जाँदा वार्षिक अर्बौ रुपैयाँ बाहिर गइरहेको छ, ती विद्यार्थीलाई रोक्नका लागि मेला आयोजना गरिएको हो ।”

नेपालमा सञ्चालित शिक्षालयले दिने गुणस्तरीय शिक्षाबारेमा उचित जानकारी र परामर्श, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने विषयमा मेलामा जानकारी गराइने मेला संयोजक युवराज शर्माले बताउनुभयो ।

मेलामा माध्यामिक विद्यालयदेखि विश्वविद्यालयकास्तरका उच्च शिक्षाको बारेमा जानकारी गराइने छ । १५० भन्दा बढी शैक्षिक संस्था सहभागी मेलामा नेपालका सबै विश्वविद्यालयमा र प्राविधिक तथा व्यावसायिक तालीम केन्द्र (सिटीइभिटी)मा पढाइ हुने विषयका बारेमा समेत जानकारी गराइने छ । भृकृटीमण्डपमा चार दिनसम्म मेला सञ्चालन हुने बताइएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!