फरार गुण्डा नाईके कालेलाई गोली हानी पक्राउ

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रहरीका पुर्वउच्च अधिकारीहरुका घरमा चोरी गरेर सिंगो प्रहरी संगठनलाई चुनौती दिदै आएका गुण्डा नाईके काले भनेर चिनिने विष्णु तामाङलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर गुण्डा नाईके सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङलाई पक्राउ गरेको जनाएको छ । तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए ।
प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङलाई सोमबार प्रहरीको टोलीले टोखामा पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्नथालेपछि प्रहरीले गोली हानेर घाईते बनाई पक्राउ गर्नु परेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सहकुल थापाले बताएका छन् । महाशाखाका प्रमुख एसएसपी थापाका अनुसार तामाङको दायाँ खुट्टाको घुँडा मुनी गोली लागेको र अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको जनाएका छन् । सिन्धुपाल्चोकको मेलम्ची घर भएका तामाङमाथि ६ वटा अपराधका घटनालाई लिएर खोजी भइरहेको थियो । उनी ६ वर्ष कैद भुक्तान गरेर २०७२ सालमा रिहा भएका थिए । जेल सजायँपछि पनि उनी अपराधमै संलग्न रहेको प्रहरीको भनाइ छ ।
महानगरीय अपराध महाशाखाको एक टोलीले राजधानीबाट पेशेवर लुटेरालाई तामाङलाई पक्राउ गरेको हो । काठमाडौंको टोखामा महाशाखाको टोलीसँग काले भन्ने बिष्णु तामाङबीच झडप हुँदा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि तामाङमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको हो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!