झुपडिमा सुहाउने बाबुराम सधै एक कदम अगाडि

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

शंकर लामिछाने, हाल : आबुधाबी युएई । सामान्य गोठाले पारिवारिक वातावरणमा हुर्केका मान्छे, स्कुल जीवनमा जहिले पनि अग्रस्थानमा रहे र सफलता पाए । एसएलसीमा बोर्ड फस्ट भएपछि बाबुरामको एउटा भनाइ बन्यो, ‘बाबुराम नेभर सेकन्ड।

त्यसैले म पनि एक विषेश अस्तित्व बोकेको नेपाली नागरिक हुँ भन्ने चेतना स्थापित गराउने, सम्भ्रान्त बर्गको बिचमा आफ्नो अधिकार प्राप्तिको लागि निडर भएर प्रस्तुत हुन प्रतिनिधित्वको भुमिका निर्वाह गर्ने ब्यक्ति भएर नै बाबुरामको सबैभन्दा ठूलो प्रशंसक हुँ ।

बाबुराम, हिजोका उत्पीडित समुदाय मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, सांस्कृतिक तथा भाषिक आन्दोलनका प्रमुख अभियन्ताको हैसियतले राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतिकुलता र भ्रमहरुलाई छिचोल्दै अत्यन्त सुझ वुझपुर्ण र साहसिक निर्णय गर्दै देशको सबैभन्दा ठूलो कार्यकारी पद प्रधानमन्त्री भइसकेको मान्छे बाबुराम तुलनात्मक रूपमा अरु भन्दा एक कदम अगाडि छ्न् ।

माक्र्सवादी दर्शनका अध्यता बाबुराम भौतिकवादी दार्शनिकले चेतना भौतिक जगतबाट पैदा हुन्छ भने द्वन्द्ववादी दार्शनिकले चेतना–वस्तु निरन्तर गतिशील हुन्छ र आफैँभित्रका विपरित घर्षणले एकले अर्कालाई निषेध र रूपान्तरण गर्दै नयाँ नयाँ चेतना–वस्तु पैदा हुँदै जान्छ भने सामूहिक रूपमा उत्पादन प्रणालीलाई फेरेपछि व्यक्ति, समाज पनि फेरिन्छ भन्ने मार्क्सको सिद्धान्तको मूल पक्ष ग्रहण गर्दै सामाजिक वर्गबीचको संघर्षले समाज रूपान्तरित हुँदै समाजवाद, साम्यवादमा पुगिन्छ भन्ने मार्गदर्शन लिएर हिडेको ब्यक्ति बाबुराम ।

हिजो आज पनि बाबुरामले जातिय राज्यको कुरा गरे भनि गलत प्रचार गरिदैछ। राज्य पुनर्संरचना समिति र आयोगको प्रतिबेदन जातीय नभएर भाषीक र सास्कृतिक हो भनेर बुझाउन नसस्क्दा, जनताको प्रत्यक्ष लोकतान्त्रिक अधिकारको मुद्दा, उत्पीडित जाति, क्षेत्र, लिंग सहितको समाबेशी समानुपातिक प्रतिनिधित्व र सुशासन र सदाचार अनि इन्द्रधनुषी राष्ट्रिता, यिनै मुद्दामा अडिग छन् बाबुराम ।

हिजो आज पनि जनजातिलाई हप्काउदा सबै चुप लागे बाबुराम बोलिरहेका छ्न् । मधेसीलाई उपहास गर्दा पहाडीले खुसी मनाए, एक्लै बाबुराम बोलिरहेका छ्न् । आदिवासीलाई होच्याउदा दलित चुप लागे बाबुराम बोलिरहेका छ्न् । दलितलाई हेप्दा अरू चुप लागे ।

संघीयतालाई बुख्याँचा बनाएर उभ्याउँदा कथित राष्ट्रवादीले दिपावाली मनाउदा, बाबुरामले अन्धकार महसुस गतिरहेका छ्न् । आज जब महिलाको अधिकार खोसिदैछ, अब को बोल्ने ? बाबुराम । आदिवासी जनजातिका मधेसी थारूको अधिकार खोसिदैछ को बोल्यो ?  बाबुराम । प्रधानमन्त्री जति–जति अधिनायकबादिको रवाफमा उत्रिँदै जान्छन्, समृद्धिको मार्ग दर्शन देखाउने बाबुराम ।

एउटा भनाई छ नि, गोरु अगाडि कि गाडा अगाडि भनेर । गोरु अगाडि भयो भनेर गाडालाई पछाडिबाट तान्छ, गाडा अगाडि भयो भने चाहिँ गोरुलाई तान्न सक्दैन । माओवादी आन्दोलन भनेको चाहिँ हिजोको कांग्रेस र एमालेभन्दा अगाडि बढेको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीताका मुद्धालाई लिएर बनेको पछिल्लो शक्ति हो ।

समाजका अन्तरविरोधहरू आकाशबाट झरेका थिएनन् । माओवादीले बाटैमा छाडेको संघीयताको मुद्दालाई मधेसी जनताको बलिदानले अन्तरिम संविधानमा लेखाएको यथार्थ प्रमाण छ ।

जुन बिषयको लागि बाबुरामको अग्रणी भुमिका छ परिवर्तनका दस्तावेजमा हस्ताक्षर जसको भए पनि इतिहासले सिकाएको पाठ हो । अहिले बाबुरामको मार्ग दर्शन अङ्गालेको समाजवादी पार्टी माओवादीले अघि सारेको मुद्दालाई कार्यनयन गर्दै समृद्धिको यात्रामा अग्रसर देखाउने छ ।

लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछिको पहिलो निर्वाचनबाट बनेको सरकारले आगामी केही दशकसम्मका निम्ति देशलाई स्पष्ट दिशा दिन सक्ने कदम चाल्नु पर्ने,संविधानका मूल प्रावधानलाई कार्यान्वयन गर्न महत्त्वपूर्ण भुमिका लगायतका विषयमा जनताको अपेक्षा गर्नु स्वाभाविक थियो । तर, वैचारिक राजनीतिक दिशा र संविधान कार्यान्वयनको प्रश्नमा नेपाल कम्युनिस्ट पार्टी र स्वयंम सरकार  दिशाहीन र अक्षम तर्फ  लागेको त होइन ? सोचौं ।

अन्त्यमा “बाबुराम” भन्ने व्यक्तिको पछि लाग्नु छैन विज्ञान र समयको सही आवाजको तारिफ गरिन्छ, बाटो बिराएको दिन बाबुरामको पनि विकल्प तयार पार्नुपर्छ नेपालको परिवेश सुहाउँदो वैकल्पिक राजनिती भिजन, अर्जुनदृष्टिको मार्गचित्र र फरक दिमाग भएको व्यक्तित्वलाई बुझ्न दिमाग पनि फरक नै चाहिन्छ।यसलाई अन्धोभक्त भन्नछ्न कुनै बिमती छैन । म कसैको अरिंगाल पनि होइन।राम्रो काम फत्ते गरेको दिन केपी सर, प्रचण्ड सर र शेरबहादुर सरको समर्थनमा हत्केलामा ठेला उठ्नेगरी ताली पिट्न पनि तयार छन् मेरा हातहरू।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!