राज्यले कहिलेसम्म थेग्न सक्ला खर्बौँ रूपैयाँको व्यापार घाटा ?

- May 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, खर्बौँ रुपैयाँको व्यापार घाटा आखिर कहिलेसम्म थेग्ने ? नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन पढेपछि सबैको मनमा यस्तै प्रश्न उब्जिन सक्छ ।

आखिर राज्यले कहिलेसम्म थेग्न सक्ला खर्बौँ रूपैयाँको व्यापार घाटा ? सरकारले आर्थिक परिसूचकहरु सकारात्मक रहेको, दोहोरो आर्थिक वृद्धिदरको कुरा गरे पनि सरकारले भनेजस्तो मुलुकको अवस्था नभएको राष्ट्र बैंकको यो प्रतिवेदनबाट पनि प्रष्ट देखिन्छ ।

प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पछिल्लो नौ महिनामा कुल वस्तु व्यापारघाटा २१ दशमलव छ प्रतिशतले बढेर नौ खर्ब ९१ अर्ब ८१ करोड पुगेको छ । यस अवधिमा कुल वस्तु निर्यात भने १६ दशमलव नौ प्रतिशतले बढेर ६९ अर्ब ८२ करोड पुगेको छ ।

चालू आवको नौ महिनामा कुल वस्तु आयात २१ शमलव तीन प्रतिशतले बढेर १० खर्ब ६१ अर्ब ६३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २० दशमलव पाँच प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १९ दशमलव दुई प्रतिशत, चीनबाट भएको आयात ३५ दशमलव तीन प्रतिशत र अन्य मुलुकबाट भएको आयात १९ प्रतिशतले बढेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!