आगलागीबाट करिब ४६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, बाँके, कपिलवस्तु, मकवानपुर र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ४६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बाँके, जानकी गाउँपालिका-६ थरुनपुर बस्ने बाजुरा सोमीकाटी गाउँपालिका-३ का ४२ वर्षीय बल बहादुर शाहीको थरुनपुरस्थित कुखुरा फार्ममा बिजुलिको तार सर्ट भई शनिबार बिहान आगलागी हुँदा कुखुरा फार्म, १ हजार ५ सय वटा ब्रोईलर कुखुरा र २५ बोरा दाना जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-२ चमार बुनिया टोल बस्ने लक्ष्मण सुनारको खाली कच्ची घरमा शनिबार दिउँसो आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-११ जगडिवा बस्ने अमरलाल कलवारको कुखुराको फार्ममा शनिबार दिउँसो बिजुलीको तार सर्ट भई आगलागी हुँदा फार्म र ५ सय १४ वटा ब्रोईलर कुखुराका चल्लाहरु जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ शहिद स्मारक बस्ने मदनहरि कडेंलको बिजय होटल एण्ड कोल्ड स्टोरमा ग्याँस लिक भई शनिबार दिउँसो आगलागी हुँदा उक्त स्टोर तथा सँगै जोडिएको रामनारायण कपरौलाको किराना कोल्ड स्टोर्सको भाँडाकुडा, अन्नपात, जस्ता लगायत र युकेश ढकालको चटपटे खाजा घरको ग्याँस, भाडाँकुडा र अन्य सामान जलेर जम्मा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-६ स्थित केशव पौडेलको कोशी रेष्टुरेण्टमा ग्याँस लिक भई शनिबार दिउँसो आगलागी हुँदा करिब करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले सबै स्थानको आगो नियन्त्रणमा लिएको छ । साथै आगलागीका घटना हुन नदिन नेपाल प्रहरीले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विशेष सचेतनामूलक कार्यक्रम संचालन गरी आगलागीबाट बच्ने उपायबारे जानकारी समेत गराएको छ ।
 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!