यस्तो आयो साप्ताहिक राशिफल : जेठ ५ गते आइतवारदेखि ११ गते शनिवारसम्मको

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

मेषः साता सुधारोन्मूख देखिएको छ । रपनि आइत र सोमवार स्वास्थ्यमा मन्दता आउने छ । कार्यक्षेत्रमा पनि संघर्षको महसूसी हुनेछ । खर्च पनि बढेर जानेछ । तनाब र डरले मनमा डेरा जमाउने छ । खानपान एवं आत्मसंयम गर्न जरुरी छ । मंगलवारदेखि समयमा केही सुधार आउने छ ।

केही अपयशको बाबजुत भाग्य बृद्धि हुनेछ । काम कार्यमा सफलता र व्यवसायिक उन्नतिको साथमा आर्थिक लाभले सन्तुष्टि पनि मिल्नेछ । मानसम्मान मिल्नेछ, उच्चतहसँग सम्बन्ध वा संपर्क जोडिने छ । मुल्याङ्कन बढ्दै जानेछ ।

राजनीति, समाजसेवा तथा जागिर आदिमा जिम्मेवारी तथा भूमिका मिल्ने छ । समयको सदुपयोग गरी स्वकर्मलाई समय दिएर उपलब्धि लिनु बुद्धिमानी हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायण एवं हनुमानदेव र माँ बगलामुखीको उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

वृषः साताको अन्तिम खण्ड उपलब्धिमूलक रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा सम्भावना देखिने तर सफलता प्राप्त हुन अल्लि गाह्रो पर्नेछ । आउन पर्ने आर्थिक धन हातपार्न कठिन पर्ने छ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधारको लक्षण देखिएपनि अबरोध पनि आइहाल्ने संकेत छ ।

अबरोधको कारणको निवारण गर्नाले विपरित लिङ्गीको साथ मिल्ने छ । लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । मङ्गलवार पछि स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ ।

गर्न खोजेको कामकार्यमा अबरोध आउनाले संघर्षको अनुभूति हुनेछ । चोटपटक आदिको भय देखिएकोले यात्रादिमा सावधानी अप्नाउनु उचित हुनेछ । बिहीवार मध्याह्नपछि बाट स्थिति सहज हुनेछ ।

सामान्य अपयशको बाबजुत काम कार्य एवं व्यवसायमा सुधार आउने छ । आस्तिक विचार बढ्ने छ । पेशागत क्षेत्रबाट लाभ मिल्ने छ । प्रतिष्ठा बढ्ने एवं सामाजिक प्रभुत्व स्थापित हुनेछ । यो साता तपाईले भगवान सूर्यनारायणको साथमा महावीर हनुमान, गुरु गणपति एवं भैरवदेवको भक्ति स्तुति तथा उपाशना गर्नु शुभ फलदायक हुनेछ ।

मिथुनः साता मिश्रित रहेको छ । शुरुका दिनमा शरीरिक आरोग्यता मिल्ने छ । अनुहारमा कान्ति बृद्धि हुनेछ । जोश जाँगर बढेर आउने छ । तर फुर्तिफार्ति बढी हुने तर अपेक्षित सफलता नमिल्ने भय देखिएको छ ।  सामान्य व्यवसायिक उन्नति एवं लाभ मिल्ने छ । मंगल र बुधवार रङ्गरास बढ्ने छ ।

रमाइलो यात्रा हुने संभावना छ । तर चोटपटक आदिको भय रहेकोले यात्रादिमा ख्याल पुर्याउनु पर्ला । अबरोधको बाबजुत पनि प्रेम तथा दाम्पत्य सम्बन्ध प्रगाढ बन्ने छ । कसैकसैलाई कपट प्रेमको पनि सम्भावना छ ।  व्यापार व्यवसाय आदि पेशाकर्मबाट सामान्य लाभ गर्न सकिने छ ।

बिहीवार मध्याह्न पछि स्वास्थ्यमा समस्या देखिनसक्ने छ । दीर्घरोगीले बढी सावधान अप्नाउनु पर्ला भने अन्यले पनि आहार विहार आदिमा ख्याल पुर्याउनु होला । कामकार्य एवं जनव्यवहार आदि पनि सावधानीपूर्वक गर्नुपर्ला ।

कुनै अनर्थताको सम्भावनालाई गोचरग्रहले लक्षित गरिरहको छ, ख्याल गर्नुहोला । यो साता तपाईले महावीर हनुमान, गुरुगणपति र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधना गर्नु शुभफल बृद्धिदायक हुनेछ ।

कर्कटः साता सामान्य अनुकूल देखिएको छ । शुरका दिनमा आत्मप्रसंशाको चाहनाले अल्लि सताउनसक्ने छ । परपाउनाको स्वागत गर्न पाइने छ । लामो समयसम्म टाढा रहेको आफन्तिसँग भेट्घाट हुनसक्ने छ भने शुभ खबर आउनसक्ने छ । विद्यार्थी भाइबहिनीलाई अध्ययनमा सफलता मिल्ने छ ।

कामकार्यमा पनि प्रगति हुनेछ । मंगलवारबाट शारीरिक उमङ्ग बढ्नेछ, तर आँटेताकेजति सफलता प्राप्त गर्न ग्रहले अबरोध गरिरहेको अवस्था छ । विशेष काममा सफलताको लागि ग्रहउपचारजन्य उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ ।

साताको अन्तिम खण्ड प्रेम एवं दाम्पत्य सम्बन्धमा प्रगाढता आउने छ । विवाह प्रसङ्ग चल्नसक्ने छ । व्यापार व्यवसायबाट लाभ मिल्ने छ । यात्राको हुने सम्भावना देखिएको छ । मानसम्मान एवं पदप्रतिष्ठा बढ्नेछ । तपाईलाई यो साता माँ इन्द्रायणी, गुरु गणपति र भैरवदेवको उपाशना गर्नु शुभदायक हुनेछ ।

सिंहः साता मध्यम फलदायी रहेको छ । शुरुका दिनमा बढी चाहना गरेको काम नबने पनि क्रमशः स्थितिमा सुधार आउने छ । सहकर्मीसँग विचारविभेको भने भय देखिएको छ । सावधानी अप्नाउनु होला अन्यथा पछि पश्चाताप पर्न पनिसक्ने छ ।

मंगलवारबाट जनव्यवहारमा प्रभाव बढेर जानेछ । सामाजिक सम्बन्धको विकास हुनेछ । व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा उन्नति हुनगई लाभ मिल्ने छ । अध्ययन अध्यापन तथा लेखन कर्मीहरुको लागि लाभ एवं सफलताकर उपयुक्त समय रहने छ । नीतिगत कार्यमा कुशलता मिल्ने छ ।

विद्याको बलले मान्छेलाई प्रभाव पार्न सकिने छ । सहयोगी मिल्ने छन् । आफन्तिजनको शुभसमाचार प्राप्त गर्न सकिने छ । व्यवसायिक उन्नति हुनेछ । पौरख बढेर आउने छ । यात्रा योजना तयार हुनेछ । व्यापार विजनेश बढ्नेछ । प्रेमक्षेत्रले सार्थकता प्राप्त गर्नेछ । तपाईले यो साता भगवान महावीर हनुमान र भैरवदेवको साथमा माँ बगलामुखीको स्तुति आराधाना उपाशना गर्नु शुभप्रद हुनेछ ।

कन्याः साता मध्यम खालको देखिएको छ । शुरुका दिनमा कामकार्यमा कुशलता र पौरख बढ्न खोज्ने छ तर अबरोध आइपर्ने छ । ग्रह उपचारको उापय गरी अघि बढ्नाले शारीरिक एवं व्यवहारिक पुरुषार्थ गर्नसकिने छ । व्यवसायबाट आंशिक उन्नति हुनेछ ।

रोकिएर रहेका केही कामलाई अगाडि बढाउन सकिने छ । मंगल र बुधवार अल्लि चनाखो हुन र बुद्धिले कामलिन पर्ने समय छ । आलोचनाको सामना गर्न पर्ने सम्भावना छ । आफ्नै मानसिक संकिर्णताले पनि दुःख दिने छ ।

बिहीवार मध्याह्नपछि समयको सदुपयोग गर्नाले विद्यार्थी भाइबहिनीलाई ज्ञानविज्ञान तथा अध्ययनमा सफलता प्राप्त हुनेछ । आत्मप्रशंसाको महत्त्वाकांक्षा पनि बढेर आउने छ । सन्तान पक्षबाट सन्तुष्टि मिल्ने छ । शत्रुमाथि विजयी भइने छ । यो साता तपाईले भगवान सूर्यनारायण, गुरु गणपति, महावीर हनुमान एवं माँ बगलामुखी र भैरवदेवको स्तुति भक्ति उपाशना गर्दै गर्नाले अशुभफललाई घटाउन र शुफफललाई बढाउन मद्दत हुनेछ । 

तुलाः साता सामान्य अनुकूल रहने छ । शुरुमा भने मानसम्मान प्राप्त हुने, यशकृति बढ्ने छ । धनधातु संचित गर्नसकिने छ । सामाजिक तथा परोपकारजन्य कार्यमा समय सहभागी हुन पाइने छ । मंगल र बुधवार शारीरिक फुर्तिफार्ति एवं उमङ्ग बढ्ने छ ।

तर अपेक्षित कार्यमा सफलता पाउन अल्लि कठिन पनि देखिएको छ । दैनिकी कामकार्य एवं व्यवसाय तथा पेशा आदिबाट भने सामान्य लाभ मिल्ने छ । विशेष काममा सफलताको लागि ग्रहउपचार जनित उपाय गर्नु उचित हुनेछ ।

बिहीवार पछि केही पारिवारिक समस्या थपिने सम्भावनालाई ग्रहगोचरले लक्षित गरिरहेको छ । स्वास्थ्यमा पनि प्रतिकूलता नआउला भन्न सकिन्न । वादविवादको सम्भावना पनि भएकोले जनव्यवहारमा ख्याल पुर्याउनु होला । यो साता तपाईले भगवान सूर्यनारायण, गुरुगणपति र माँ इन्द्रायणीको आराधना गर्नु हितप्रद हुनेछ ।

वृश्चिकः साता सुधारोन्मुख देखिन्छ । शुरुका दिनमा अपेक्षित केही कामकार्यमा सफलता पाउनसकिने छ । मानसिक एवं शारीरिक उमङ्ग बढ्ने छ । सामाजिक प्रतिष्ठा र मानसम्मान बढ्ने छ । लगानीको अवसर मिल्ने छ । मंगल र बुधवार बोलीव्यवहारमा सावधानी अप्नाउनु पर्ने देखिन्छ ।

धनसंपत्तिको अपव्ययको पनि सम्भावना छ ख्याल गर्नुहोला । सामाजिक कामकार्यमा संलग्न हुन पाइनेछ । बिहीवार पछि शारीरिक पराक्रम बढेर आउने छ । विशेष काकमकार्यमा सफलता मिल्नेछ । खेलकुद् आदि प्रतिस्पर्धाजन्य काममा अग्रता हासिल गर्नसकिने छ ।

प्रतिष्ठा तथा प्रख्याति बढेर जानेछ । साथसहयोग पनि मिल्ने छ । समयको सदुपयोग भने गर्नुहोला । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको साथमा माँ इन्द्रायणीको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ । 

धनुः साता मध्यम छ । शुरुका दिनमा अल्लि सावधानी अप्नाउनु पर्ने देखिएको छ । खर्च बढ्नसक्ने तथा मालसमान हराउन वा चोरी हुनसक्ने गोचरीय भय देखिएको छ, सावधानी अप्नाउनु होला । आकस्मिक एवं अप्रत्यासित लाभको पक्षभने सुरक्षित रहेको छ ।

मङ्गलवारबाट वातावरणीय एवं परिवेशजन्य स्थितिमा सुधार आएपछि आँटेताकेको काममा अबरोध सृजना हुनसक्ने छ । सामान्यतया दैनिकी व्यवसायिक उन्नति हुनेछ । मानसिक शान्ति एवं शारीरिक स्फुर्ति बढ्ने छ ।

बिहीवार मध्याह्नपछि क्रमशः बोलीव्यवहारमा अल्लि सावधानी अप्नाउनु पर्ला । वाकवृति हुनेहरुले विशेष ख्याल गर्नु होला नाता सम्बन्धको विषयमा पनि गुनासो सुन्नपर्ने छ ।  केही व्यवसायिक लाभ भने हुनेछ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव र गुरु गणपतिको साथमा माँ बगलामुखीको स्तुति उपाशना गर्नु शुभप्रद हुनेछ ।

मकरः साता शुरु र अन्तिम उपलब्धिमूलक छ । शुरुमा व्यवसायिक लाभ एवम् सफलता प्राप्त गर्नसकिने छ । उच्चस्तरीय संपर्क जोडिने र कामकार्यमा सहयोग पनि मिल्ने छ । राजनीति, समाज सेवा तथा नोकरीमा यश तथा मान बढ्ने छ ।

जिम्मेवारी एवं पदीय हैसियत प्राप्त गर्नसकिने छ । उद्योग धन्दा तथा पेशाकर्म फस्टाउने छ । साताको मध्यमा खर्चको योग परेको छ जसले गर्दा व्ययको मात्रा बढेर जाने छ । भने बढी चाहना गरेको काममा अबरोध आइपर्ने सम्भावना छ ।

खरिद गरिएको मानसमान पनि नक्कली पर्न सक्ने वा फसिनसक्ने सम्भावना छ ख्याल गर्नु होला । आफ्नै वा पारिवारिक कुनै सदस्यको स्वास्थ्यमा समस्या आइपर्नसक्ने छ । जनव्यवहारमा धैर्यधारण गर्नु तथा संयम अप्नाउनु उपयुक्त हुनेछ । बिहीवार पछिको समय अनुकूल रहने छ ।

स्थितिमा सुधार भएर आउने छ । शारीरिक एवं मानसिक उर्जा बढ्ने छ । विशेष काममा लगानी गर्न पाइने वा शेयर खरिदको अनुकूलता मिल्नसक्ने छ । कामकार्यमा सफलता मिल्ने छ । यो साता तपाईले भगवान सूर्यनारायण, पवनपुत्र महावीर हनुमान र भैरवदेवको श्रद्धाभक्ति एवं स्तुति गर्नु शुभदायक हुनेछ ।

कुम्भः साता सामान्य अनुकूल रहने छ । शुरुमा केही अबरोधको बाबजुत व्यवसायिक तथा पेशागत कर्मक्षेत्रमा आंशिक सफलता मिल्ने छ । राजनीति तथा संगठनमा पदीय भूमिका र जागिर आदिमा विशेष जिम्मेवारी मिल्नसक्ने सम्भावना छ ।

आमनागरिकको हकमा उच्चवर्ग तथा व्यक्तित्त्वसँग संपर्क एवं संबन्ध जोडिने छ । कामकार्य आदिमा भरोसा एवं आश्वासन मिल्न सक्नेछ । अवसरको लाभ उठाउन कोसिस् गर्नु बुद्धिमानी हुनेछ । बुधवार पछिको समय भने अल्लि आशा अपेक्षा ठूलो हुने तर उपलब्धि सोँचेमुताविक नहुनपनि सक्ने छ ।

बढी चाहना गरेको काममा अबरोध सृजना हुनेछ । उद्योगधन्दा आदिबाट पनि अल्प लाभमा चित्त बुझाउनु पर्ने छ । साताको अन्तिम खण्ड अल्लि विपरित महसूस हुनसक्ने छ । आकस्मिक रुपमा खर्च बढ्ने छ । 

कामकार्य एवं स्वास्थ्य पनि प्रभाव देखिने छ । र पनि आकस्मिक लाभको पक्ष भने सुरक्षित रहेको देखिन्छ । यो साता तपाईले गुरुगणपति, भगवान सूर्यनारायण, भैरवदेव र माँ बगलामुखीको श्रद्धाभक्ति स्तुति गर्नाले अशुभफललाई कम गर्न र शुभफल बढाउन मद्दत मिल्नेछ । 

मीनः साता आंशिक लाभ एवं फापकर देखिएको छ । स्वास्थ्यमा सुधार आउने छ । केही अपयश एवं दबाबको बाबजुत धार्मिक एवं सामाजिक कामकार्य सम्पादन गर्नसकिने छ । काम कार्यमा अग्रता मिल्ने छ । गोचर अबरोधको उपचारको उपाय अवलम्बन गरी अघि बढ्नाले उच्चतह तथा निकाय वा व्यक्ति विशेषसँग परिचय बढ्ने एवं संबन्ध स्थापित हुनेछ ।

मानसम्मान मिल्ने छ । अवसरलाई व्यवहारिक ढङ्गले सदुपयोग गर्न जाने तथा सम्झौता वा सर्तमा गएर समझदारी गर्नाले राजनीति, जागिर तथा समाज सेवा आदिमा उपलब्धि मिल्ने छ । साताको अन्त्यखण्डमा व्यवसायिक प्रगति हुने र उचित आम्दानी गर्नसकिने छ ।

जसले गर्दा आर्थिक भारलाई थेग्न केही राहत मिल्ने छ । साथसहयोग र पेशागत प्रतिष्ठा पनि बढ्ने छ । यो साता तपाईले भगवान महावीर हनुमान एवं भैरवदेव, गुरु गाणपतिको श्रद्धाभक्ति एवं उपाशना आराधना गर्नु शुभदायक हुनेछ ।

पुनश्चः जन्मकालमा सम्बन्धित ग्रह अनुकूल हुनेहरूलाई राशिफलमा बताइएको शुभफल बढी घट्ने र अशुभफल कम घट्ने हुन्छ । भने जन्मकालमा सम्बन्धित ग्रह प्रतिकूल हुनेहरूलाई राशिफलमा बताइएको अशुभजन्य फल बढी घट्ने र शुभफल कम घट्ने हुन्छ ।

साथै, विदेशमा हुनेहरूलाई नेपालसँग हुने समयान्तर बमोजिम पश्चिममा भए अघि र पूर्वमा भए पछि फल लाग्ने हुन्छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!