एक सय २० किलो गाँजासहित दुई पक्राउ

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौँडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२० किलोग्राम लागुऔषध गाँजासहित दुईलाई पक्राउ गरेको छ । आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले लागुऔषध गाँजासहित ना३ख ३७१५ नंको ट्रक, ट्रकचालक तथा धनी र सवार एकलाई सार्वजनिक गरेको हो ।

प्रहरीले ट्रक धनी तथा चालक मकवानपुरको राँक्सीराग गाउँपालिकाका २८ वर्षीय सुकुलाल थिङ र ट्रकमा सवार राँक्सीराग गाउँपालिकाकै नमराज दर्जीलाई पक्राउ गरी अनुसन्धान तथा कारवाही अगाडि बढाएको जनाएको छ ।

प्रदेश नं ३ प्रहरी कार्यालयमा प्राप्त विशेष सूचनाका आधारमा जाँच गर्दा लागुऔषध गाँजा भेटिएको प्रहरीले जनाएको छ । कसुर सावित भएमा लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई वर्षदेखि १० वर्षसम्म कैद र रु १५ हजारदेखि रु एक लाखसम्म जरिवानाका साथै सवारीसाधनसमेत जफत हुने प्रावधान छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!