हाम्रो सभ्यता र महिला माथि हिंसा

- May 19, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गोरख वहादुर बि.सी.

हाम्रो समाजमा अहिले महिला हिंसाका घटनाहरुमा दिन प्रतिदिन तिव्रता आएको देखिन्छ । महिला हिंसा विरुद्धको अभियानकै बेला देशका बिभिन्न ठाँउमा दर्जनभन्दा बढी गम्भीर खालका महिला हिंसाका घटनाहरु घटे । विगत केही क्र्ष देखि महिला अधिकारकर्मीहरु र समाजका विभिन्न पेशाकर्मीहरु महिला हिंसा रोक्न तथा अपराधीलाई कडाभन्दा कडा सजाय दिलाउन भनेर आन्दोलनरत गरेका पनि थिए । तर नेपाली समाजमा गलत खालका प्रवृतिहरुले महिला प्रति हेर्ने दृष्टिकोण भएकोले महिलाहरु प्रति हिंसा र यातना एवं अपमान सहनु परेको छ । प्राचीनकालमा महिलालाई हिमवत खण्डका सम्पुर्ण मानव समुदायहरुले देवीको रुपमा पुजा गर्ने र ससम्मान आदर एवं कदर गनेृ प्रचलन थियो । त्यो विस्तारै विस्तारै लोप हुदै सामन्तवाद र पुँजीवादको विकाससंग गाँजिएको समाजले महिलालाई खेलौनाको रुपमा बिकसित भएको हो ।

यसैले नेपालमा हाल भइरहेको महिला हिंसा विरोधी आन्दोलन बिभिन्न देसको महिला अधिारवादी हरुले गरेको आन्दोलनलाई हेर्ने हो भने नेपालमा पनि विभिन्न अधिकारवादीहरुले महिलाहरुको हक, हित र अधिकारसंग जोडिएर आन्दोलन एवं अभियान गरेका छन् । नेपालको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक सबै क्षेत्रमा पनि नेपाली महिलाहरुको न्युन उपस्थिति छ । यसैले नेपाली महिलालाई नेपालको सम्पुर्ण राज्य यन्त्रमा जनसंख्याके आधारमा समानुपाकितरुपमा राज्य शक्तिमा सहभागिता गराउनु पर्ने हो । यसका लागि सर्वप्रथम नेपाली समाजको रुढीग्रस्त गलत चिन्तनलाई त्यागेर प्रचीनकालको वैद्धिक दर्शन र सिद्धान्तका आधारमा कि अग्रसर गराउनु पर्यो कि त आधुनिक समाज निर्माणका लागि महिलालाई शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा ब्यापक अग्रसर गराई अगाडि बढाउने हो भने महिला माथि हुने सवै खालका विकृति, विसंगतिहरु निर्मुल हुनेछन् यसर्थ अहिले संचार क्षेत्रको विकास, महिलाहरुमा आएको चेतना, राजनीतिक परिर्वतन र भूमण्डलीकरण आदि कारणले यस्ता घटनाहरु सार्वजनिक भइरहेका छन् । यसको कारण महिलामाथि हुने हिंसा हाम्रो नेपाली समाजको धर्म, संस्कृति र परम्पराबीचको सम्बन्ध मात्र छैन यसमा पुँजीवाद र सामन्तवादको ठूलो हात छ । कम्लरी, देवकी, छाउपडी, बहुविवाह, दाइजो प्रथा, छोराछोरीबीचको भेदभाव, कुमारी प्रथा, बोक्सीलगायत अन्य अन्धविश्वास, कुरीति र कुसंस्कारको आधार पनि हो । यसकारण हाम्रो समाजको गलत संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिला विरुद्धमा हुने सबै खाले विभेद र हिंसाको अन्त्य हुन सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न यहाँनेर खडा हुन्छ । यी परम्परागत कारणहरुले गर्दा महिलामाथि हुने विभेद र हिंसाका पछाडि प्रायः स्वयम् महिलाहरु नै रहने गरेका छन् । दाइजो नल्याएको अथवा छोरा नजन्माएको निउँमा बुहारीहरुलाई मानसिक यातना दिने, कुटपिट गर्ने, घर निकाला गर्ने र जलाउनेसम्मका घटनाहरुमा सासूकै अहम् भूमिका रहने गरेको पाइन्छ । यो कुरा नेपालमा मात्र नभएर भारतीय उपमहाद्विपका अन्य मुलुकहरुमा पनि लागू हुन्छ ।
महिला हिंसाका घटनाहरुमा वृद्धि हुनका पछाडि देशको राजनीतिक,आर्थिक,सामाजिक,साँस्कृृतिक,क्भिेद पनि हो । यसका साथै डलरको खेती गर्ने र मानवअधिकारप्रति गफ र ओठे प्रतिवद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी संघ–संस्थाहरुका कारणले पनि महिला हिंसा अन्त्य हुन सकेको छैन । नेपालको नागरिक समाज र बहुसंख्यक गैरसरकारी संस्थाहरुमा समस्या समधान गर्नेभन्दा समस्यालाई देखाएर तथा समस्यालाई यथावत राखेर त्यसलाई मागी खाने भाँडोको रुपमा प्रयोग गरिरहने परम्परा नै बनिसकेको छ । यसैले हजारौं र सयौंको संख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निकायहरु सकृय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचविखन जस्ता समस्याहरु घट्नुको सट्टा झन विकराल हुँदै गइरहेको छ ।

यसैमा पनि महिला हिंसाका घटनाहरुमा वृद्धि हुनुका पछाडि हलिउड, बलिउड र कलिउडको भूमिका पनि कम रहेको छैन । बलिउड र त्यसमा पनि विशेष गरी कलिउडमा बढ्दै गइरहेको नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटनाहरु घटिरहेका छन् । इन्टरनेट, साइवर, टिकटक, फेसवुकको विकास र त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा बलात्कारका लागि जिम्मेवार रहेको छ । नेपाली महिलाहरु त्यसमा पनि विशेष गरी युवा पुस्ताको लवाईमा बढ्दै गएको उच्छृङखलता, उत्ताउलोपन, नग्नता र अंग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको हुनसक्छ । नेपाली समाजमा व्याप्त जुवातास र मदिरासेवन जस्ता सामाजिक विकृतिहरु पनि महिलामाथि हुने हिंसाका लागि जिम्मेवार छन् । मिडिया रिर्पोट र समाचारका अनुसार नेपालमा जघन्य खालका महिला हिंसा र बलात्कारका घटनाहरुमा बहुसंख्यक घटनाहरु मदिरा सेवनकै कारण भएका छन् । नेपाली समाज क्रमशः हिंसात्मक बन्दै गइरहेको र नैतिकताको ह्रास हुँदै गइरहेको कारण पनि यस्ता आपराधिक घटनाहरु घट्ने गर्छन् । खुल्ला अर्थतन्त्र, पुँजीवादप्रतिको मोह र पैसा नै सबैथोक हो भन्ने सामाजिक मान्यताका कारण पनि नेपाली समाज अपराधीकरण र छाडापनतिर उन्मुख हुँदै गइरहेको छ ।

नेपाली समाजमा बिद्यमान रुढीबादीग्रस्त चिन्तनले ठुलो घर वसेकोले नेपाली महिलाहरु माथि पनि हरेक खालका विकृतिहरु निर्मुल पार्न स्वयं महिलाले सक्रिय हुन जरुरी छ । तर अहिले बिश्वका हरेक देसहरुमा चरम पुँजीको विकासले गर्दा पैसानै सवै थोक हो भन्ने गलत प्रवृति स्वयं महिला एवं पुरुषहरुले छोड्नु पर्दछ । हामी हाम्रो परम्परा सभयतासंग जोडिएको मातृत्वको भावलाई त्यागेर पनि महिलाहरुले दुःख पाउने काम भएको छ । त्यसैमा अहिलेका महिलावादी अधिकारकर्मीहरुले छाडा संस्कारको विकास गराउने तर महिलालाई कर्तब्यवोधको अध्ययन अध्यापन नगराउने भुईफुँटावादी अधिकारकर्मीहरुले महिलालाई अधिकार दिने होइनन् कि छाडा वनाउने काम मात्र गर्नेछन् भन्ने कुरा हामी सवैले बुझ्नु जरुरी छ । जे होस् हिमावत् खण्डका सम्पुर्ण मानव समुदायहरुले नारीहरुलाई दैविक शक्तिको रुपमा लिने गरेकोले नेपालमा नारीहरुलाई सम्मान र इज्जत छ । यसका उदाहरणहरु नेपालका हरेक ठाँउमा देवीका मन्दिरहरु हरेक ठाँउमा स्थापित छन् । तर उपभोक्तावादी समाजले महिलालाई अनेक खालका यातना एवं साधनकोरुपमा लिने भएकोले महिलामाथि हिँसा भएको हो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!