अन्जु पन्त र रोशन अधिकारीको ‘झ्यालको पर्दा सार्बजनिक

- May 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । अन्जु पन्त र रोशन अधिकारीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै भिडियो सार्बजनिक गरिएको हो।

‘झ्यालको पर्दा’ अर्जुन पोखरेलको संगीत रहेको गीतमा लोकराज अधिकारीको शब्द रहेको छ । भिडियो सार्बजनिक कार्यक्रममा गायक तथा मोडल रोशन अधिकारी,संगीतकार अर्जुन पोखरेल,रचनाकार लोकराज अधिकारी उपस्थित थिए ।

कार्य व्यस्तताले प्रियंका कार्की अनुपस्थित रहिन् । सार्बजनिक गीतमा मोहित मुनालको संगीत संयोजन रहेको छ । शिब बिकले निर्देशन गरेको भिडियोलाइ रामेश्वर कार्कीले छायांकन तथा सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

प्रियंका कार्की र गायक स्वयम् अधिकारी फिचर्ड गीतको भिडियो उत्कृस्ट बनेको छ । रोशन अधिकारी १२ बर्ष देखि अमेरिका बस्दै आएका छन् ।

२०१५ मा हिमालयन सिङ्गिङ्ग आइडलको बिजेता बनेका उनि संगीतमा पहिले देखि नै रुचि राख्दथे । उनको पारिवारिक बाताबरण पनि सांगीतिक नै रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!