प्रियंका र निराजन फिचर्ड ‘ सुनसान रातमा ‘ बजारमा

- May 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अमेरिकामा भएका सयौ नेपाली कलाकारहरु मध्यका एक हुन गायक प्रनिम राई। उनको दैनिकी निरन्तर काममा बित्छ तर गीत संगीतमा ठुलो लगाव भएको कारण आफ्नो फुर्सदको  समयमा गीत संगीत साधनामा बिताउछन् ।

आफुले कमाएको धन बाट नेपाली गीत संगीतमा लगानी गरि नेपाली कला र संगीतको क्षेत्र बिस्तारमा सहयोग पुर्याउदै आएका छन् ।

गायक राईले यसअघि ‘ फुलेर फुल ‘ ‘ अरुले भन्दा ‘ ‘ तिम्रो हातमा ‘ जस्ता गीतहरु सार्वजनिक गरिसकेका छन् । केही दिन अघि उनको नयाँ म्युजिक भिडियो ‘ सुनसान रातमा ‘ सार्वजनिक भएको छ।

सेन्टिमेन्टल पप भर्सनको ‘ सुनसान रातमा ‘ बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन।

यस  गीतको भिडियोमा प्रियंका कार्की, निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!