जापानमा भूकम्प

- May 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

टोकियो– जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५.५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन ।

स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!