नयाँ बसपार्कमा ‘सोल्टिनी रोधी घर’को शुभारम्भ

- May 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौँ। मुलुककै एकमात्र राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा ‘सोल्टिनी रोधी घर’ स्थापना भएको छ ।

कला संस्कृतिको धनी देश नेपालका विभिन्न कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न साथै देश तथा विदेशमा नेपाली कला संस्कृतिलाई चिनाउने उदेश्यका साथ स्थापना भएको रोधी घरको तमु राष्ट्रिय कलाकार संघका अध्यक्ष राजु गुरुङले शुभारम्भ गर्नुभयो ।

नयाँ वर्षको आगमनसँगै वैशाख १ देखि सञ्चालनमा आएपनि बुधबार मात्र औपचारिक रुपमा शुभारम्भ गरिएको हो । कार्यक्रममा अध्यक्ष गुरुङले मुलुकको लोकदोहीरी संरक्षण गर्न गुरुङ (तमु) समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

नयाँ बसपार्कमात्र नभएर काठमाडौँभरिकै उत्कृष्ट दोहोरी साँझका रुपमा स्थापना भएको उक्त रोधि घरमा देशका विभिन्न भागमा गाइने विभिन्न भाकाका गितहरु सुन्न तथा नाच्न पाइने रोधी घरका सञ्चालक धुब्र गुरुङ बताउनुहुन्छ । 

रु एक करोड लगानीमा निर्माण भएको दोहोरी साँझ नयाँ वर्षको सुरुवातदेखि नै सञ्चालनमा आएपनि यसको वृहद उद्घाटन भने वैशाख २५ देखि जेठ ७ गतेसम्म हुने रोधी घरका अर्को सञ्चालक सागर गुरुङ बताउनुहुन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!