नेपाली राष्ट्रिय सम्मेलन अमेरिकाको बाल्टिमोरमा

- May 10, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

विजय थापा, डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाली नेसनल कन्भनेसन अर्थात् नेपाली राष्ट्रिय सम्मेलन जुलाई ५ देखि ७ सम्म हुने भएको छ ।

केही समय अगाडी यही सम्मेलनको लागि संस्थाका पदाधिकारीहरुले समुदायसंग राय, सल्लाह, सुझाव लिएका थिए ।

गत बर्ष शिकागोमा ३ वटा संस्थाहरु एएनए, आन्मा र नासाको आयोजनामा सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नाम दिई सफलता पुर्वक सम्पन्न गरेको थियो ।

त्यसलाई निरन्तरता दिदै यस पटक डिसी महानगर क्षेत्रको बाल्टिमोरमा एएनए ,आन्मा र बाल्टिमोरको बाना संस्थाको सयुक्त आयोजनामा नेपाली राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।

सम्मेलन हुन करिव दुई महिनाको अवधि रहेकोले त्यसको तयारीको लागि बाल्टिमोरमा होटल (अतिथि गृह) को निश्चित गरिएको जानकारी नेपाली राष्ट्रिय सम्मेलनका सम्मेलन सभापति विजय श्रेष्ठले दिएका छन् ।

सम्मेलन स्थल होटल रेड लायन रहेको छ । आगामी मे १० शुक्रबार देखि आफ्नो कोठाहरु सुरक्षित गर्न चाहनेले खुशी साथ स्थान सुरक्षित गर्न पाइने सम्मेलन सभापति श्रेष्ठले बताए ।

सम्मेलन नेपाली नेसनल कन्भेन्सन २०१९ ले गर्ने छ भने बाल्टिमोर सम्मेलनको आतिथ्य बानाले गर्ने छ । बानाका अध्यक्ष सुबोध विलास पन्त संयोजक रहेका छन् । यसै गरि नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महा बाणिज्य दुत प्रेम राजा महत रहनु भएको छ ।

सम्मेलन सभापति श्रेष्ठले यस भेकमा रहनु हुने सबै नेपाली समुदायलाई अहिले देखि नै आफ्नो मिति तिथि भित्ते पात्रोमा रोक्न आग्रह गरेका छन् ।

यसलाई सफल बनाउन बिभिन्न समिति उप समिति तथा अन्य जानकारी नियमित रुपमा सम्मेलन नसकुन्जेल संचार माध्यम मार्फत दिने श्रेष्ठले बताए । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!