नेपाली मोडलको नाङ्गो फोटोले हङ्गामा

- November 6, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । आफु चर्चामा आउनको लागी सेलिब्रेटीहरु जुनसुकै उत्तेजक काम गर्न पछि पर्दैनन् । आफु एक जना व्यक्ति चर्चामा आईरहदा त्यसले समाजमा कस्तो प्भाव पार्छ भन्ने हेक्का समेत उनीहरुले राखेका हुँदैनन् । सुरुमा धेरैको नजरमा पर्न उनीहरुले अपनाउने उत्तेजक गतिविधिले पछि गएर भने स्वयमलाई नै असर गर्न थालेपछि भने उनीहरु पछुताउने गरेका उदाहरणहरु धेरै छन् । उत्तेजक अभिव्यक्ति दिएर होस् या फोटोसेसन गरेर पनि समाजलाई चुनौती दिने प्रवृत्ति बढ्दै गएको छ । नेपाली मोडलहरु कतै टिक्न नसकेपछि चर्चाकै लागी नग्न फोटो खिचेर सार्वजनिक गर्ने होड चल्ने गरेको छ । यस्तै मोडल काजल खनालको सम्वेदनशिल अंग देखिएने गरी खिचिएको तस्बीर सार्वजनिक भएपछि सर्वत्र आलोचना भइरहेको छ । तर मोडल खनालले भने हाल सामाजिक सञ्जाल मार्फत भाईरल भईरहेको फोटो आफूले नखिचेको दाबी गरेकी छन् ।

उनले भनिन् ‘मैले सम्वेदनशिल अंग देखाएर तस्बीर खिचेको छैन, कसरी यस्तो तस्बीर सार्वजनिक भयो ।’
विभिन्न अनलाइनमा आफ्नो सम्वेदनशील अंग देखिएको तस्बीर सार्वजनिक भएपछि आफू अचम्ममा परेको उनले बताइन् । कामचोर फिल्मबाट अभिनयमा आएकी मोडल खनालले मोडलिङमा संघर्षरत रहेको अवस्थामा आफ्नो चरित्र हत्या गर्न खोजेको बताइन् ।

आफूलाई अंग देखाएर कलाकारिता क्षेत्रमा स्थापित हुने इच्छा नभएको उनले बताइन् ।‘आफ्नो इज्जत फालेर कलाकारिता क्षेत्रमा आउने इच्छा छैन’, उनले भनिन ।

नग्न फोटो सार्वजनिक प्रकरणमा उनले जेसुकै बताएको भएता पनि उनको तस्विरमा स्तनको निप्पल समेत देखाईएको छ । उनको यस प्रकारको फोटो सार्वजनिक हुनु र उनी स्वयमले चाही आफुले नखिचेको दाबी गरे पनि उनले चर्चामा आउनकै लागी यो सब गरेको भन्दै सनसनी फैलिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!