तीब्रखबर डटकमका सम्पादक तथा आर्थिक दैनिकका रोशन कार्कीलाई सम्मान

- May 5, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

 काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अबसरमा सो संस्थाले  सन्चारकर्मी ,तीब्रखबर डटकमका कार्याकारी सम्पादक तथा आर्थिक दैनिकका रोशन कार्कीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सो कार्याक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सम्पादक कार्कीलाई सम्मान गरेका थिए । ग्रील तथा स्टील यवसायीहरुलाई संगठित व्यवस्थित र मर्यादित बनाउनु पर्ने, र व्यवसायीको हक हितको संरक्षण र सम्बद्र्धनको विषयमा सञ्चारकर्मीको क्षेत्रबाट निपक्षरुपमा कलम चलाएको भन्दै सो संस्थाले कार्कीलाई ‘ग्रील तथा स्टील व्यवसायी सम्मान २०७६’ द्वारा सम्मानित गरेको महासंघका अध्यक्ष मोहन कटुवालले जनाएका छन ।

उनका अनुसार महासंघको यस कार्यमो स्वच्छ, निष्पक्ष र निष्ठावान साहसी सञ्चारकर्मीको भुमिका निर्वाह गर्दै यो व्यवसायलाई व्यवसायीका मुख्य मुद्दाको उजागर गरि व्यवसायीक पहिचान दिलाउन अतुलनीय एबम प्रशंसनीय योगदानको गरेको उच्च मुल्याङकन गर्दै सो सम्मानबाट सम्मानित गरेको बताए ।

कार्कीले २०५४ सालदेखि रेडियो नेपालबाट औपचारीक पत्रकारिता सुरु गरी टेलिभिजन, अनलाईन र छापामाध्यममा काम गरीसकेका छन् । भने हाल उनी तीब्रखबर डटकममा र आर्थिक राष्ट्रिय दैनिकमा कार्यरत रहेका छन् ।

यसैबीच, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले श्रम, रोजगार गरेर सरकार र देशलाई आर्थिक बृद्धिदेखि रोजगारीमा समेत सहयोग व्यवसायीहरुलाई आग्रह गरेका छन् । मन्त्री विष्टले ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अबसरमा सो आग्रह गरेका हुन ।

नेपाल चेम्बर अफ कर्मसका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले अब देशमा सञ्चालन भएका उद्योगधन्दामा लगानी भएको अर्बौ रुपैयाँको सुरक्षा र अभाब भएको जनशक्तिकालागि बिशेष पहल गर्नु पर्ने बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामबहादुर गीरीले अब उद्योगधन्दाको सञ्चालनमा आएका समस्या समधान गर्न बोलेर भन्दा पनि समस्या समधान गरेर देखाउन सरकारलाई आग्रह गरेका छन् ।

नेपाल ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील व्यवसाय देशको भौतिक पूर्वाधारको पनि पूर्वाधारको क्षेत्र भएको बताएका छन । उनले सडक, विद्युतगृह, विमानस्थल, स्कूल, कलेज, अस्पताल र विभिन्न सरकारी भवनहरू निर्माण ग्रिलजन्य सामाग्रीको प्रयोग विना प्रायः असम्भव हुने भएकाले सो उद्योगलाई सरकारी पक्षबाट उपेक्षा भएको बताए । हिजोका दिनमा शहरमा मात्र माग र खपत हुने ग्रिलजन्य सामाग्रीहरुआज दुर्गम गाउं वस्तीमा पनि माग र खपत हुन थाली यसको बजार विस्तार हुन थालेको छ ।

यसले मुलुकको पुर्वाधार बिकास निर्माणका लागि नभई नहुने ग्रील जन्य सामानहरु निर्माण गरी सेवा प्रदान गर्दै आईरहेको कारणले अर्बौं रुपैयाँ तिरेर ग्रील जन्य समानहरुको बिदेशबाट आयात गर्नु पर्ने बाध्यतालाई कम गरी अन्य बस्तुको निर्यातभन्दा आयात कैयौ गुणाले बढिरहेको अवस्थामा नेपालमा यो व्यवसायको बिकाससंगै परनिर्भता कम भैं ग्रील जन्य सामानहरुको आयातलाई प्रतिस्थापन गरी सकेको समेत दाबी गरे ।

अध्यक्ष कटुवालले यो क्षेत्रलाई वातावरण संरक्षणका दृष्टिले उच्च प्राथमिकतामा राखी नयाँनयाँ प्रविधिबाट काम गरिरहेकाले यो क्षेत्रको औद्योगिक महत्त्व झनै बृद्धि भएको बताए । उनले भने,‘यो क्षेत्रले देशमा स्वरोजगारी सिर्जना गरेको छ, तर, पछिल्ला दिनमा बैंकहरु लागनीमैत्री बन्न नचाहकै कारण हामीहरुले यो व्यवसायलाई नयाँ प्रविधिमा लैजान सकेका छैनौ ।’ उनले बैंक तथा वित्तीय संस्था व्यवसायिक ऋणका लागि पनि झन्झटिलो बन्दै गइरहेको बताए । उनका अनुसार व्यवसायीले थाम्नै नसकिने ब्याजदरकै कारण उद्योग मारमा परेको जनाए ।

अध्यक्ष कटुवालले सरकारको स्पष्ट नीतिको अभावले गर्दा यो ग्रील तथा स्टील उद्योगीहरु आफुले चाहेर पनि सरकारको कानुनी दायरामा आउन नसकेको बताए ।

उनले भने,‘बैद्यानिक उद्योग सञ्चालन गरि राज्यलाई राजस्व बुझाउछौं थप रोजगारी सृजना गरि बेरोजगारी घटाउन सहयोग गछौं भन्दा पनि सरकारले हामीलाई दर्ता नै हुन दिएको छैन, अरु दर्ता नभई सञ्चालन हुन खोज्ने हामी दर्ता भएर राज्यको कानुनअनुसार सञ्चालन हुन्छौ भनी निबेदन दिदा सरकारले हाम्रो उद्योगलाई दर्ता नै नगरी बसेको छ ।’


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!