राउत मुलधारमा आएपछि फोरम राजपा तनावमा

- April 8, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं/ अलग मधेस बनाउने अभियानमा रहेका डा. सिके राउतले मुलधारको राजनीति बनाउने भन्दै जनमत पार्टी गठन गरेपछि तराई केन्द्रित राजनीति गरेर राष्ट्रिय दलको मान्यता पाएका राष्ट्रिय जनता पार्टी नेकल र संघीय समाजवादी फोरम नेपाललाई तनाव भएको छ ।

प्रधानमन्त्री केपी शर्माओलीले राउतसँग ११ बुँदे सम्झौता गरेपछि राउत मुलधारको राजनीति गर्ने आफ्नो अभियानलाई प्रक्रियामा सुरु गरेका हुन् ।

आफुहरुको फेस सेभिङ गर्नका लागि राउतले विखण्डनको नारा छाडेर ११ बुँदे सम्झौता गरे पनि विश्वास गरिहाल्ने अवस्था नरहेको मधेश केन्द्रित दलका नेताहरूले बताएका छन् ।

राउत पनि राजनीतिमा आएपछि आफूहरुको मनोमानी टुट्न सक्ने भएपछि राजपा र फोरमले पार्टी एकिकरणको प्रक्रिया पनि सुरु गरेका छन् । राउतले तराईमा आफ्नो पार्टीको उपस्थिति देखाउन खोजेपछि राजपा र फोरमबीच एकताको गृहकार्य शुरु भएको हो ।

विगतमा फोरमले पार्टी एकताका लागि राखेको प्रस्ताव बेवास्ता गर्दै आएको राजपाले अहिले आफै अग्रसरता देखाएको छ । राजपाले फोरमले पार्टी एकताका लागि पठाएको पत्रको जवाफ पनि उसले पठाएको छ ।

राजपाले फोरमलाई पार्टी एकताका लागि पहिला सरकारबाट बाहिरिन सर्त राखेको छ । तर, सत्ता लम्पट फोरम अध्यक्ष उपेन्द्र यादवले सजिलैसँग सरकार छाड्लान भन्नेमा आशंङ्का रहेको स्रोतहरु बताउँछन् ।

फोरम सरकारमा जादाँ संविधान संशोधन गरी मधेसका मुद्दा समावेश गर्ने सर्त राखेको थियो । तर, सरकार गठन भएको एक बर्षसम्म पनि सरकारले त्यो प्रक्रिया अगाडि बढाएको छैन् ।

तैपनि सत्तामा जुम्रो भैंm टाँसिएका अध्यक्ष यादवलाई गत फागुन २३ गते राउतसँग भएको सम्झौताले दाँतमा ढुङ्गो लागे जस्तो भएको छ । त्यसपछि उनी आफ्नो अस्तित्व रक्षाका लागि राजपासँग एकता गर्न नरम भएको उनी निकट एक नेताले बताए ।

आफुलाई मधेसको मसिहा ठान्ने काँग्रेस उपसभापति विमलेन्द्र निधिलाई पनि राउतसँगको सम्झौताले हम्मे–हम्मे पारेको छ ।



तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!