नेपाल समाजवादी खेलकुद संघ गठन अध्यक्षमा रमेश सुनार मनोनयन

- March 24, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले खेलकुद क्षेत्रलाई समेटेर रुपमा नेपाल समाजवादी खेलकुद संघ नामक भातृसंगठन गठन गरेको छ । चैत्र ९ गते शनिवार पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा बसेको केन्द्रीय समितिको बैठकले एथलेटिक्स खेलाडि रमेश सुनारको अध्यक्षमा नेपाल समाजवादी खेलकुद संघ गठन गरेको हो ।

संघमा राजुबाबु च्यामे, नगेन्द्रबहादुर कुँबर, विष्णु तामाङ, मोहम्मद ताज आलम, दामोदर बुढा मगर, मनिस लामा, सन्देश पाख्रिन र दावासिंह लामा सदस्य रहेका छन् । नेपाल समाजवादी कांग्रेसका केन्द्रिय अध्यक्ष गोविन्द निरौला र सचिव मानबहादुर गुरुङको आतिथ्यतामा खेलकुद संघ गठन गरिएको घोषणा गर्दै जिल्ला जिल्लामा संगठन बिस्तार गर्ने जिम्मेवारी समेत दिइएको सचिब गुरुङले जानकारी दिनुभयो ।

बर्तमान राजनीतिक अस्तव्यस्ताताले मुलुक सखाप पार्ने निचोड सहित संबैधानिक प्रजातन्त्र, हिन्दु राज्य, स्थानीय स्वसशन, समाजवादी अर्थनीति, प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख र राष्ट्र प्रमुखमा नेपालको राजसस्थाको वकालत गर्दै राजनीतिक गतिविधिलाई सक्रिय रुपमा अगाडि बढाइरहेको नेपाल समाजवादी कांग्रेसले पछिल्ला दिनमा संगठन विस्तार लाई तिव्रता दिइरहेको छ । पार्टीका अनुसार हालसम्म ४८ जिल्लामा संगठन विस्तार भइसकेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!