वैदेशिक सहायताबारे सकारात्मक छलफलः अर्थमन्त्री खतिवडा

- March 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले वित्तीय संस्थाको स्तरोन्नति गर्न वैदेशिक सहायताबारे सकारात्मक छलफल भइरहेको बताउनुभएको छ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १८औँ वार्षिककोत्सवमा मन्त्री डा खतिवडाले थप सहायताका बारेमा छलफल भइरहेकाले कार्यक्षत्र बढाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रम जिल्लाका सबै स्थानीय तहसम्म पु¥याउनुपर्छ ।” उत्पादन भएका साधनलाई सामुहिक रुपमा प्रयोग गरेमात्र देश समृद्ध हुने उहाँको भनाइ थियो । गरीब जनतामाझ कार्यक्रम पु¥याउने लक्ष्यका साथ काम गर्न मन्त्री डा खतिवडाले विभिन्न संस्थासँग आग्रह गर्नुभयो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव वडालले सहकारी क्षेत्रलाई अझै ब्यापक बनाउनका लागि सहकारी ऐन २०७४ लाई परिमार्जन आवश्यक भएको बताउनुभयो । कृषि क्षेत्रको विकास नभएसम्म सहकारीको विकास र विस्तार गर्न समस्या हुने वडाल बताउनुहुन्छ । संस्थाका अध्यक्ष खेमबहादुर पाठकले मासुजन्य वस्तुको बिक्री वितरण गर्न सरकारले उपयुक्त बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो । 

अध्यक्ष पाठकले चालू आर्थिक वर्ष २०७५÷७६ को अर्धवार्षिक अवधिमा संस्थाले रु २३ करोड ९१ लाख खुद मुनाफा भएको र गत पुससम्म संस्थाको सम्पत्ति रु २० अर्ब पुगेको जानकारी दिनुभयो । संस्थाले ६९ जिल्लामा आबद्ध रहेर कार्य गरिरहेको छ । नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले पछिल्लो समय नेपालले कृषिमा व्यावसायिक फड्को मारेको भन्दै त्यसमा आफू अत्यन्तै खुसी रहेको र आगामी दिनमा सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा साना किसान विकास अभियानमा समर्पित जलनकुमार शर्मासहित संस्थाका पदाधिकारीलाई सम्मान गरिएको थियो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!