हिंसा पीडित महिलाको लागि सुरक्षागृह सञ्चालन

- February 28, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दमक, झापाको दमकमा हिंसा पीडित महिलाका लागि सुरक्षागृह सञ्चालनमा ल्याएको छ ।

दमक नगरपालिका, संयुक्त राष्ट्रसङ्घीय संस्था ९युएनएचसीआर० र ग्रामीण तथा शहरी विकास नेपाल ९रुढ० को सहकार्यमा दमक–३ मा उक्त सुरक्षागृह सञ्चालनमा ल्याएको हो । लैङ्गिक विभेदमा आधारित हिंसा पीडित, प्रभावित महिला तथा बालबालिकालाई तत्काल सुरक्षा दिने उद्देश्यले सुरक्षा केन्द्र ९सेफ हाउस० सञ्चालनमा ल्याइएको रुढकी अध्यक्ष वसन्तीलक्ष्मी उदासले बताउनुभयो । 

उहाँले केही आधारभूत आवश्यकतासमेत नपाएका महिलालाई परिवारमा पुनःस्थापना नहुञ्जेलसम्म संरक्षण गर्नका लागि सो सुरक्षागृह सञ्चालनमा ल्याइएको बताउनुभयो । त्यसका लागि हाल व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको र त्यस्ता प्रभावितलाई इलाका प्रशासन कार्यालय, न्यायिक समितिको सिफारिसका आधारमा आवासीय रुपमा राखेर सहयोग प्रदान गरिने उहाँको भनाइ छ । 

ट्र्याक्टरमा बालकको शव भेटियो 

झापाको दमकमा आज बिहान एक बालकको शव ट्र्याक्टरमा भेटिएको छ । 

दमक ५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैको बर्कसपमा दमककै ११ वर्षीय बालक अनिल दर्नालको शव झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मर्मतका लागि राखिएको को१त ७४०० नम्बरको ट्र्याक्टरमा झुण्डिएको अवस्थामा मृत बालकको शव भेटिएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिनुभयो । 

मृतकका आफन्त र स्थानीयवासीले घटना शङ्कास्पद भएको हुनसक्ने भन्दै छानबिनका लागि माग गरेका छन् । प्रहरीले घटनाको आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ । 

यसैगरी दमक–८ स्थित जनता आधारभूत विद्यालयको प्रवेशद्वारको फलामे गेटले किचेर सोही वडा बस्ने छुक्का हेमरमका सात वर्षीय छोरा विजेन्द्र हेमरमको बुधबार ज्यान गएको प्रहरीले जनाएको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!