आर्नोल्डलाई रजनिकान्तको फिल्म खेल्न १ सय करोडको अफर

- October 25, 2015 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । टर्मिनेटरजस्तो चर्चित चलचित्र खेलेका हलिउड सुपरस्टार आर्नोल्ड स्वार्जनेगर छिट्टै बलिवुड स्पुरस्टार रजनिकान्तसँग एउटै चलचित्रमा देखिन सक्ने छन् ।  आर्नोल्डलाई फिल्म निर्माता शंकरले आफ्नो नयाँ चलचित्र ‘एंथिरन २’ मा अनुबन्ध गर्न खोजिरहेको भारतीय मिडियाले जनाएका छन् । भारतीय मिडियाका अनुसार आर्नोल्डलाई अनुबन्ध गर्न १ सय करोड भारतीय रुपैयाँको अफर दिइएको छ । आर्नोल्डलाई चलचित्रमा भिलेनको रुपमा अनुबन्ध गर्न चलचित्र निर्माताले यत्रो ठुलो धनराशी खर्च गर्ने भएका छन् । यद्यपि, यसबारेमा अर्नोल्डको तर्फबाट कुनै प्रतिक्रिया भने आएको छैन । यसका लागि लस एन्जलिसमा छिट्टै ट्रायल हुने बताइएको छ । यस चलचित्रमा नायिकाको रुपमा एमी ज्याकसन तय भइसकेको छ । चलचित्रमा संगीत एरआर रेहमानले दिनेछन् । सन् २०१० मा रिलिज भएको चलचित्र एंथिरनको स्वेकल हो जसलाई हिन्दीमा रोबोट भनेर रिलिज गरिएको थियो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!